पाँचथर । जिल्लाको रैथाने पहिचान बोकेको गेट ढालेको चारबर्षपछि निर्माण प्रकिया बढेर सरोकारवाला उत्साहित भएकाछन् । गेटमा जिल्लाका ऐतिहासीक, सास्कृति र सभ्यता समाबेस हुनेगरी फिदिम नगरपालिकले निर्माणको जिम्मा लिएपछि पाँचथर जिल्लाबासी खुशी भएका हुन ।
जिल्लाको प्रमुख शहर फिदिम बजारमा २०४१ सालमा निर्माण भएको लिम्बुवान गेट ढाँलिएको तिन बर्षपछि बनाउन सुरु भएको हो । गेट ढलेर निर्माण सुरसार नहुदा सरोकारवालाहरुले गेट बनाउन दवाव बढाएका थिए । निर्माण गर्ने जिम्मा लिएर गेट ढालेको फिदिम नगरपालिकाले निर्माण सुरु गरेर ५ महिनामै सम्पन्न गर्ने नगर प्रमुख मित्र प्र्रसाद काफ्लेले बताए ।
गेट निर्माण लागि नगरकार्यपालिकाले पटक पटक रकम विनियोजन गरेपनि निर्माण प्रक्रिया बढ्न सकेको थिएन । यसपटक नगरपालिका आफै गेट निर्माण गर्ने भएको छ । जिल्लाको सानको रुपमा स्थानीय पहिचान झल्काउने गरी गेट निर्माण गर्न जग्गा लगायतको अन्य कार्य पुरा भएको नगर उपप्रमुख राधाक्रृष्ण न्यौपानेको भनाइ छ ।
फिदिम बजारको मध्यभागमा रहेको त्यस गेट १६ मिटर चौडाइको सडक बनाउने क्रममा ढालिएको लिम्बुवान गेट निर्माण सुरु भएपछि भने स्थानीयबासी खुशी भएकाछन् ।











प्रतिक्रिया