समाचार

पछिल्लो समय मौलो अवलोकन केन्द्र बन्दै



पाँचथर।    आजभन्दा चालिस बर्षअघि निक्कै प्रयोग हुने मौलो यतिबेला लोप भएर बिरलै देख्न थालिएकाछन् । त्यहि मौलो गाडिएका स्थानहरु पछिल्लो समय अवलोकन स्थलको रुपमा विकास गर्न थालेका पाइन्छन् । पुर्वी नेपालमा लिम्बु अर्थात याक्थुङ समुदायका गाउँबस्तीहरुमा मौलो प्रसस्तै थियो । प्रयोगमा आएका त्यहि मौलो सार्बजनिक स्थाल भएर मौलो प्रयोग नगरे पनि मौलोको प्रतिमा बनाएर अवलोकन गन्तब्य स्थल बनाउने क्रम बढेको स्थानीयको भनाइ छ ।

पुर्वी नेपालमा लिम्बु समुदायमा सुब्बा पदावी दिएसंगै मालसिरीसमेत दिएर देविलाई वली चढाउने नाममा मौलो प्रथाको सुरुवाती भएको थियो । त्यसबेलाको राजा रणबहादुर साहले बिक्रम संबत १८६० मा नेपालको पुर्वी जिल्लाहरुमा मौलो स्थापना सुरु गरेको इतिहासकारहरु बताउछन् । सुरुवात जेजसरी भएपनि मौला लोप भएपछि चासो र चर्चा हुदा प्रतिककै रुपमा संरक्षण गर्न जनप्रतिनिधी तथा सरोकारवालहरुले रकम विनियोजन गरेर निर्माण गर्न थालेकाछन् ।

प्रजातन्त्र स्थापनासंगै क्रमस मौलो मान्न अर्थात प्रयोग हुनेक्रम घटेर मौलो बिरलै देख्ने गरीन्छ । पुरै लोप भएपछि पछिल्लो समय लिम्बु समुदायले मौलोको ऐतिहासीक स्वीकान नसकेर प्रयोग गर्न छोडेर लोप भएको हो । मौलोको प्रयोग आउन नसकेपनि चासो र चर्चा गर्ने पर्यटकिय स्थलको रुपमा विकास गर्न थालेकाछन् ।

प्रकाशित : २२ मंसिर २०८२, सोमबार, ,