पाँचथर । नेपालको पुर्वी जिल्लाहरु बसोबास लिम्बु जातिले आफ्नो महान चार्ड अर्थात पर्व चासोक तङ्नाम मौलिक बनाउदैछन् । आफ्नो पर्वको समय परम्परा शैलीको खानेकुरा बनाइ खाने चलन बढेको छ । चासोकको समय परम्परा बाजा के अर्थात च्याबु्रङ बजाइ नाच्ने तथा यालाङ् अर्थात धान नाँच्ने क्रम बढेको छ । चासोक तङनामको समय लिम्बु समुदायले आफ्नो मौलिक भेशभुसा लगाएर खुशीयालीका कार्यक्रम संचालन गरी मनाउने चलन बढेको याङवरक निबासी सस्कृति अभियान्ता महेन्द्र सेलिङको भनाइछ ।
शहरदेखि गाउँवस्तीहरुमा चासोक मनाउन थालेका पाइन्छन् । लिम्ब जातिले दुइमासेको रुपमा बर्गीकरण गरेर उधौली पर्वको रुपमा चासोक मनाएको युवा नेता नरेन्द्र कुमार केरुङले बताए ।
पाँचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र काठमाण्डौ उपत्यका तथा विदेसमा बसोबास गर्ने लिम्बु अर्तात याक्थुङ समुदायले चासोक तङ्नाम भब्य मनाउदै आएकाछन् । अन्नबाली उत्पादन गरी भित्याउने समयमा अन्न चढाउने पर्व चासोक भनीन्छ । त्यसबेला अन्न संकलन गर्दा यालाङ अर्थात धान नाच्न सुरु भएको सस्कृती अन्वेसकहरु बताएकाछन् । मुन्धुम अनुसार सिफेरा येक्तुनाले अन्नको विउ ल्याएर अन्न अर्थात कृषि युगको थालनी भएको थियो । फलेको अन्न भित्याउनु अघि माङ( देवी देउवता) लाई चढाएर खानुपर्ने विस्वासमा चासोक पुजा (अन्न चढाउन विधि) चासोक भन्न थालिएको भनाइ छ ।
चासोक तङ्नामको समय आफन्त भेटघाट, नयाँ कपडा लगाउने, परम्परा रैथाने खानेकुरा बनाएर खाने र मेला महोत्सवको आयोजना गरी के अर्थात च्याबुङ प्रतियोगिगता, धाननाँच र रमाइलो खेलहरु समेत आयोजना गरी उल्लासमय चासोक मनाउने गरेकाछन् ।











प्रतिक्रिया