काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मङ्सिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिए ।
पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिए । त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उनले बताए ।
अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिँदै खनालले अशोक राई र उपेन्द्र यादवको पार्टीसँग कुराकानी भइरहेको भन्दै केहि अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गरे ।
प्रदेश स्तरीय एकता सन्देश सभा
१) सुदूरपश्चिम प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर ९ गते
२) कर्णाली प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १० गते
३)लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर ११ गते
४) गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १२ गते
५) मधेस प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १३ गते
६) कोशी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १४ गते
७) बागमती प्रदेश स्तरीय एकता सन्देश सभा – पछि मिति तय गरे अनुसार
जिल्ला स्तरीय एकता तथा सन्देश सभा
१) बागमती प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १३ गते
२) सुदूरपश्चिम प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १५ गते
३) कर्णाली प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १६ गते
४) लुम्बिनी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १७ गते
५) गण्डकी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १८ गते
६) मधेस प्रदेशको सबै जिल्लाको एकैदिन– मंसिर १९ गते
७) कोशी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर २० गते
पालिका स्तरीय एकता सन्देश सभा
१) देशैभरीको पालिकामा एकैदिन – मंसिर २७ गते













प्रतिक्रिया