पाँचथर । अविरल बर्षाका कारण पाँचथरमा दुइजनाको मृत्यु र दुइ घाइत भएकाछन् । तुम्बेवा गाउँपालिका ४ ओलने निवासी बर्ष ७९ की कान्छीमाया शेर्मा घर माथिबाट पहिरो पहिरोमा परी मृत्यु भएको छ ।
त्यसैगरी फाल्गुनन्द गाउँपालिका ३ त्रिवेणी दोभान स्थित निबु खोलामा वर्ष १७ को मिसेक नेम्बाङ मृत्यु अवस्थामा फेला गरेको हो ।
मिक्लाजुङ गाउँपालिका ३ सोलुम्बामा घर माथिबाट पहिरो झरी बर्ष ३७ की मनमाया कार्की घाईते भएको छ भने फाल्गुनन्द गाउँपालिका १ आलुवारीमा घरको भित्ता भत्किएर बर्ष ७२ की सुकमाया आङदेम्बे पहिरोले पुरी छाती र टाउकोमा चोट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।













प्रतिक्रिया