काठमाण्डौ । १९सय इलो चेस प्रतियोगितामा नेपाल र भारतका दुइसय २० जना चेस खेलाडी सहभागि भएकाछन् । काठमाण्डौ सिनामगल स्थित होटल रोयल एयरर्पोटमा बुधबार सुरुभएको भत्तबहादुर राना स्मृति खुल्ला चेस खेलको सुभाराम्भ गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।
३४ विधागत पुरस्कार रहेको उक्त खेल उद्घाटनमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले खेल आफैमा इमानदार र सम्मानीत खेल भएकोले खेलमा खेलाडीको उत्साहले खेल प्रगती हुन थालेको महसुस गराएको जानकारी दिनु भयो । उहाँले ः चेस खेलमा असामान्य संख्या सहभागि हुने खेलप्रतिको चासो र सुधारको संकेत हुन । मबाट हुने सहयोगमा कमि हुने छैन भन्नुभयो । सोहि कार्यक्रममा प्रचण्डले दसबर्षे महाज जनयुद्धका क्रममा घाइते भएर सातबर्ष बढि पिडादायी जिबन बिताएर देहसान हुनुभएको महान योगदान भक्त राना मगर लगायत योद्धाहरुलाई पार्टीले कहिल्यै भुल्न नसक्ने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा पुर्वगृहमन्त्री शत्तीबहादुर बस्नेतले महान शहीदहरु प्रति सम्मान गर्दै आयोजना हुने खेलमा पार्टीको साथ र सहयोग सदैब हुने आस्वसन दिनुभयो । यस्ता खेलमा खेलाडीहरुलाई उत्साहित गराउने अन्य खेल समेत आयोजना गरी ब्यवसायीक खेलाडी वातावरण बनाउन सबै निकाय जुट्न आग्रह गर्नुभयो ।
सोहि अवसरमा नेपाल बुद्धिचाल महासंघ पुर्व उपाध्यक्ष एवं अखिल नेपाल चेस संघका प्रमुख सल्लाहाकार सुवोधराज सेर्पाली सम्मानीत भएकाछन् । कार्यक्रममा अन्तराष्ट्रि फिडे महिला विभाग सदस्य मोनालिसा खम्बु, अखिल नेपाल खेलकुद महासंघ उपाध्यक्ष नवराज ढुङगाना र जनयुद्धका घाइते स्व. भत्तराना मगरका धमपत्नी बर्षा राना मगरले खेलबाट योद्धाको सम्मान गर्न सकिने चर्चा गरेका थिए ।
खेलमा पुर्वमन्त्री एवं बहाल सघीय र प्रदेश सांसद, अखिल नेपाल खेलकुद महासंघ, नेपाल बुद्धिचाल महासंघ, कराते संघ, रक्बी संघ, कराते संघ, ब्याटमिटन संघ, तेकन्दो संघ, बेसबल संघ, इ स्पोटर्स संघ, ब्रेकिङ एण्ड डान्स स्पोटर्स संघ र वादोरीयो कराते संघका प्रतिनिधहरु उपस्थित रहेका थिए ।
भत्तबहादुर राना स्मृति खुल्ला चेस नौ रनको खेल संचालन हुने प्रमुख आविटर ज्ञानेन्द्र खाइजुले बताए । खेलमा प्रथम, दितृय र तृतियले क्रमस ३० हजार, २० हजार र १५ हजार सहितका टफी मेडल र प्रमाण पाउने अखिल नेपाल चेस संघ अध्यक्ष दिपेन राइले बताए ।
खेल उद्घाटनमा अखिल नेपाल चेस संघ अध्यक्ष दिपेन राईको अध्यक्षतामा महासचिब बिजयबोध लावतीले संचालन गरेका थिए भने संघ सदस्य प्रकाश परियारले स्वागत मन्तब्य राखेका थिए ।











प्रतिक्रिया