विराटनगर । प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सरकारले प्रदेशसभामा पेस गरेको ‘आम सञ्चार विधेयक’ सत्ता गठबन्धनले दुइतिहाइको संसदीय दम्भमा पास गर्न लागेकामा कोशी प्रदेशका सांसद इन्द्र आङ्बोले आपत्ति जनाएका छन् ।
विधेयकबारे माओवादीको स्पष्ट असहमति र फरक मत रहेको जानकारी गराउदै आम सञ्चार क्षेत्रकै असहमति र विरोधका बिच विधेयक अघि बढाइएर कोशी प्रदेश सरकार संचार निरङकुस लाद्न चाहेको भन्दै आङ्बोले गम्भीर प्रश्न उठाएका छन् ।
‘मुख्यमन्त्रीज्यू, सभामुखज्यू, प्रमुख प्रतिपक्षी दलको असहमति र आम सञ्चार क्षेत्रको ठुलो असहमति र विरोधबिच सङ्ख्याको बलमा विधेयक पास नगर्न गम्भीर ध्यानाकर्षण गराउँनु भयो । देशसभामा प्रस्तुत गरिएको विधेयकलाई पुनः समितिमा फर्काएर सबै दलहरू, सञ्चार क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाको सहमतिमा मात्र पारित गर्नुपर्विर्ने आङ्बोको माग छ ।
आम सञ्चार विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट सत्ता गठबन्धनले जबरजस्ती पास गरेर प्रदेशमा पेस गरेको विधेयकमा माओवादीको प्रस्ट असहमति र फरक मत रहेको दोहोर्याउनु भयो ।













प्रतिक्रिया