पाँचथर । साना सिचाइ परियोजना अन्तरगत पाँचथर जिल्लाको फिदिम नगरपालिकामा बिगत बर्षहरुमा आठओटा पक्की कुलो बनीसकेकाछन् । यसैआर्थिक बर्षमा बाह्रओटा नयाँ कुलो र एक प्रकोपबाट क्षती भएको कुलो मर्मत गरेर आत्मनिर्भर किसान बन्नेको सख्या बढ्दो अवस्थामा छन् । भिरपहरा, नदि, खोला, खोल्सी तथा पहाडको सुन्दर चुचुरा, टारबेसी र खोला किनारले सजिएको भुबनावट भएपनि ओसीलो तथा उर्वर जमिनमा कुलो बनेर किसान खुशी भएकाछन् ।
अधिकांस नगरबासीको जिवन निर्भाह कृषि कर्मनै हो । नगरमा धान, मक्कै, अलैचि र आलु मुख्य बाली हुन । गाई, भौसि, बाख्रा, बंगुर र कुखुरा पालन ब्यवसाय गर्दैआएका किसानले खोला तथा खोल्सीहरुमा खेर गइरहेको पानी परम्परा तरीकाले खेतबारीसम्म पु¥याएर सिचाइ गर्दैआएको थिए । कतिपयले भने आकासे पानीको भरमा खेती गर्न बाध्य हुन परेको थियो ।
हेवा, फेवा, निबु, होक्मा, आप्तावा लगायतको एक दर्जनबढि खोला र एकसय बढि त्यहि खोलाखोल्सीहरुमा खेर गइरहेको पानी सदुप्रयोग गर्न भरपर्दो सिचाइ मुहानहरु भएको पक्कीकुलो बनाएर किसानलाइ कृषि कर्ममा उत्साह थपिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।
२०७७ सालबाट स्वीज सरकार विकास सहयोगबाट साना सिचाइ परियोजना (SIP) सुरु भएपछि फिदिम नगरपालिकामा भरपर्दो पक्की कुलोहरु बन्न थालेका हुन । फिदिम नगरपालिकामा २०८०।०८१सम्ममा ८ करोड ९१लाख ६७ हजारमा ८आठओटा कुलो निर्माण भइसकेकाछन् । आर्थिक बर्ष २०८१।०८२मा थप बाह्रओटा नया कुलो निर्माण र एक कुलो मर्मत गर्न नौकरोड ७१ लाख ७७ हजारको पक्कीकुलो बनेको छ । २०८२।०८३ मा एक करोड अठतर लाख छयालिस हजारको दुइओटा नयाँकुलो र सातओटा प्रकृति प्रकोप कुलो मर्मत हुने परियोजना फिक्ल संयोजक केसब लामाले जनाएको छ ।
प्रदेशको आठ जिल्लाका ५९ओटा पालिकाहरु मध्ये पाँचथरमा पाँच पालिकामा स्वीज सरकार सहितको नेपाल सरकारले कुलो बनाउदै आएकोछ ।











प्रतिक्रिया