कृषि

जनप्रतिनिधि खेतबारीमा पुगेर किसानलाई उत्साहित गराउदै



पाँचथर ।   किसानको खेतबारीमा पुगेर अन्नबाली रोप्न उत्साहित गराउदै आएकाछन् भने बढि अन्न उत्पादन गर्ने किसानलाई नगद सहित सम्मान पाएर पाँचथर जिल्लाका किसान खेतबारी ब्यस्त बढेको पाइनछन् । जिल्लाका आठवटै स्थानीय तहले किसानलाई नगद सहित सम्मान गर्दैआएको छ ।

स्थानीय तहले पहिलो पटक पाँचथरको मिक्लाजुङ गाउँपालिकाले बढि धान र मक्कै खेती गर्ने किसानलाइ सम्मान गर्दैआएको छ । त्यसै गरी फाल्गुनन्द गाउँपालिकाले बढि धान उत्पादन गर्ने किसानलाई सम्मान गर्दैआएको छ । स्थानीय तहले तिनै किसानहरुलाई पुन बढि धान उत्पादन गर्न उ्रत्साहित गराउन हिलोआलि बाउसे र धान रोप्न सहयोग गर्न थालेको पालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए ।

जिल्लाका हरेक पाालिकाले बर्षेनि लाखौ रकम बिनियोजन गरेर कृषि खेतीमा आकर्षण गराउदै आएकाछन् । पालिका आफै उत्पादनमा आत्मनिर्भर बनाउन धान मक्कै लगायतको रैथाने कृषिजन्य वस्तु उत्पादन गर्ने किसानलाई श्रम तथा सम्मान गदै आएकाछन् । पक्की कुलो समेत बनेर भरपर्दो सिचाइ सुबिधाले खेती गर्न किसान थप उत्साहित भएका जनाएकाछन् ।

पहाडको डाडापाखा टारबेसी र खोलाखोल्सी किनारमा हलगोरुको भरमा खनजोत गरी कडा श्रम गरेर अन्न उत्पादन गर्ने किसानलाई प्रदेस सरकार र स्थानीय तहले कृषिऔजार दिएर पनि कृषि पेशामा किसानले चासो बढाउन थालेकाछन् ।

उर्वर जमिन कुनैन कुनै प्रकारको अन्नबाली लगाउन स्थानीय तहले बिभिन्न प्रकारको कार्यक्रमहरु संचालन गर्ने र किसानकै खेतकारीमा जनप्रतिनिधी पुगेर थप उत्साहित गराउने कार्यले किसान कृषि कर्ममा रमाउन थालेका बताउछन् ।

प्रकाशित : ३ श्रावण २०८२, शनिबार, ,