कृषि

खेर गइरहेको अनुदानका कृषि औजार पुनः मर्मत



पाँचथर ।   किसानको घरआगनमा कृषि औजारहरु प्रयाप्त देख्न सकिन्छन् । ति औजार धेरैजासे प्रयोगमा आउन सकेका छैनन् । प्रयोग गरेर बिग्रिएपछि मर्मत गर्ने जनशत्ती अभावमा प्रयोगबिहिन भएका हुन ।  तिन तहको सरकार संचालन हुन अधि फाटफुट मात्रमा कृषि औजारहरु अनुदान पाएका थियो । पछिल्लो समय स्थानीय तह र प्रदेश सरकार संचालन भएपछि किसानका लागि प्रयाप्त कृषि उपकरणहरु वितरण भएकाछन् । वितरण भएको उपकरणहरु मर्मतसंभार गर्ने दक्ष जनशत्ती बनाएर कृषि उपकरण प्रयोगमा ल्याउने प्रयासहरु भएका छन् ।

पाँचथर जिल्लाका स्थानीय तहहरुले सरकारको अनुदानबाट पाएका तथा किसान आफैले खरीद गरेका कृषिऔजारहरु सदुप्रयोगमा ल्याउन किसान आफै उपकरण मर्मत संभार गर्ने शिप सिक्न थालेकाछन् ।

गाउँघरमा वितरण भएको कृषि औजार मिनिटेलर, च्यापकटर, कुटानीपिसानी मिल, स्प्रेहरु प्रयोग गर्ने क्रममा सामान्य समस्या हुदा पनि मर्मत गर्ने जनशत्ति नभएर खेर गइरहेका छन् । जिल्लामा एकदुइजना मर्मत गर्ने ब्यत्तीले जिल्लाका सबै किसानको घरआँगनामा पुगेर मर्मत गर्न नभ्याएर पनि अनुदानका सामग्रीहरु प्रयोगहिन भएकाहरुलाई पुन सदुप्रयोग गर्न स्थानीय तहले उपकरण मर्मत संभार तालिम दिन थालेका फिदिम नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताए ।

गाउँघरमा मिलीटेलर वितरण गरेर हलगोरु क्रमस विस्थापित हुन थालेकाछन् । कुटानी पिसानी सिल दिएर पानीघट्टा पनि लोप भएकाछन् । बिद्युतबाट संचालन हुने मिलहरु पनि बन्द भएकाछन् । कृषिकर्ममा सजिलो हुने गरी दिएका कृषि औजारले गाउँघर छ्याप्पै बनाएरको छ । किसानको दिनचर्या समेत सहज  र सुधार भएको खुशी ब्याक्त गर्ने तिनै औजार मर्मत गर्ने जनशत्ती नहुदा पुनः सास्ती खेप्नु परेको भन्दै औजार मर्मत गर्न सिपसिक्न किसान उत्साहित भएका छन् ।

प्रकाशित : ३ श्रावण २०८२, शनिबार, ,