समाचार

फुसको छानो हटाउने अभियानले चुहिने घरमा टिन पाएन



पाँचथर ।   बिसबर्षअघि घरअगाढि सडक बनेको थियो । यतिबेला त्यहि सडक छ मिटर चौडाइको कालोपत्रे बनेर बलेसि छोएको छ । दिनका एक दर्जन बढि सवारी साधन संचालन हुने गर्दछ । त्यहि सडकले सयौको जिवन सहजसंगै सुधारीएकाछन् । त्ययिह सडकले छोएको घरको छानो लगाएर डाडाभाटा देखिन थालेर चुहिरहेको घरमा ७१ बर्षिय बयोवृद्ध अमृतमाया लिम्बुको दिनचर्या बित्ने गरेको छ ।

पाँचथर जिल्लाका कुम्मायक गाउँपालिका ३ स्थित अन्त्थाकमा रहेको ७१ बर्षिय  लिम्बुको घर हो । उनको श्रीमानको मृत्यु भएपछि उनी एक्लै बस्तै आएकी हुन । सुक्खा समयमा वनपाखामा लागेको आगोले त्यहि घर निसान हुने गर्छ । बर्षायाममा पानी परेर घरभित्रबाहीर जलमग्न हुने गर्दछ । चैत्रको हावाहुरीले घर उडाउला जस्तो हुन्छ । तर त्यहि जोखिम घर छोडेर जाने उनको कुनै ठाउँ पनि छैन । कालोपत्रे सडक बने उनको जिवनमा भने सुधार हुन सकेन ।

आथिक बर्ष २०७६। ०७७ बाट अतिविपन्न, असहाय, बृद्धबृद्धा, अनार्थ, सिमान्तकृत र एकल महिला लाभग्राही हुनेगरीको सुरक्षीत नागरिक आवासबाट फुसको छानोमुक्त अभियान भयो । जिल्लामा सुरक्षीत आवास कार्यक्रमले चारहजार सतासय ६७ वटा घरमा टिन लगाइयो । खर र त्रिपालले बनेका जोखिम अवस्थामा बस्तै आएका गरिव तथा विपन्न घरमा सरकारबाट प्रतिघर तिनलाख पचास हजार मुल्य बराबरको जनता आवास कार्यक्रमले जिल्लाका तिनसय असिनया घरबने ।

पचास हजार रकमको फुुसको छानो मुक्त अभियानले पनि उनको घरमा टिन लगाउने काम भएन । सरकारबाट दिएको आर्थिक सहुलियतमा थप रकम निकाल्न नसक्द चुहिरहने त्यस घरमा टिन लगाउनबाट बञ्चीत हुन परेको छ । कसैले घरमा टिन लगाइ दिए आनन्दले बस्ने इच्छा पुरा हुने उनको आसा भने ताजै छ ।

 

 

प्रकाशित : २५ असार २०८२, बुधबार, ,