पर्यटन

लाओती चोलुङ पार्कमा पुर्वाधार धमाधम बन्दै

आर्थिक बर्ष २०८२। ०८३ मा संसद विकास कोषबाट रु १५लाख र फिदिम नगरपालिकाबाट रु ९ लाख विनियोजन



पाँचथर ।  ब्यक्तीहरुले २६ लाख २५ हजार रकम सहयोग गरेर पाँचथर फिदिम ९ लुङ्फाबुङमा लाओती चोलुङ पार्कमा पुर्वाधार निर्माण भएकाछन् । फिदिम नगरपालिका ९ लुङ्फाबुङमा अवस्थित रहेको चोलुङ पार्कमा पछिल्लो पटक वाल, गेट, मञ्च र सिढी लगायतको पुर्वाधार निर्माण गरिएको हो ।

सनिवार आयब्यय सार्बजनिक गर्दै लाओती चोलुङ पार्क निर्माण संयोजन गर्नुहुने पापोहाङ लाओती सयङ केन्द्रिय अध्यक्ष जितबहादुर लावतीले स्वदेसि तथा प्रभासमा रहेका ब्यत्तीहरुले रकम सहयोग गरेको बताए । दक्षिण कोरीयाबाट छलाख, स्थानीयबासीबाट चारलाख १९ हजार र अन्य जिल्ला तथा प्रभासमा रहेकाहरुबाट १५ लाख ५५ हजार रकम सहयोग भएको थियो । अझै ब्यक्तीहरुले रकम सहयोग आउने क्रम रहेको अध्यक्ष लावतीले बताए ।

त्यसैगरी लाओती चोलुङ पार्क निर्माणका लागि यसै आर्थिक बर्षमा प्रदेश पुर्वआर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्रबहादुर आङ्बाको पहलमा प्रदेशबाट २० लाखले पार्क क्षेत्रका पुर्वाधार बनेकाछन् । विगत बर्षमा प्रदेशबाट दुइ पटक गरेर ३३लाख, नगरपालिकाबाट २४लाखले भवन लगायतको अन्य पुर्वाधार बनेको लाओती चोलुङ पार्क संरक्षक संयोजक तथा पुर्व वडाअध्यक्ष बालकृष्ण लाओतीले बताए ।

त्यसै स्थानमा सुरुमा लाओती चोलुङ पार्क स्थापना गर्न स्थानीयबासीले सातलाख रकम बराबरको लगानी गरेर ढुङगा लगायतको स्थल निर्माण गरेको स्थानीय लक्षुमण लाओतीले जनाएको छ ।

लाओती चोलुङ पार्क निर्माणका लागि आर्थिक बर्ष २०८२।८०३मा प्रदेश पुर्वआर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्रबहादुर आङ्बाको संसद विकास कोषबाट रु १५लाख र फिदिम नगरपालिकाबाट नौलाख विनियोजन गरिसकेको संरक्षक संयोजक बालकृष्णले जनाए ।

 

प्रकाशित : १४ असार २०८२, शनिबार, ,