समाचार

फाल्गुनन्द गाउँपालिकाको ५३करोड ७१ लाख ७३ हजार विनियोजन



पाँचथर ।   फाल्गुनन्द गाउँपालिकाले आर्थिक बर्ष २०८२।०८३मा ५३करोड ७१ लाख ७३ हजार रकमको योजना ल्याएको छ । असार १० गते फाल्गुनन्दको फाक्तेपमा पालिकाको १८औ अधिवेसनमा पालिका उपाध्यक्ष ठाकुरर्सि नेम्बाङले प्रस्तुत गरेका थिए । पालिकाको बजेट तथा कार्यक्रममावितिय समानकिरण ११ करोड १ लाख १७ हजार, राजस्प वाडफाड ८ करोड ८४ लाख ड५ लाख र वशेष अनुदान ९० लाख रहेको छ ।

त्यसैगरी पालिकाको सर्शत अनुदान २५ करोड, ४१ लाख १ हजार, समपुरक अनुदान ४ करोड, ८९ लाख ७० हजार, पालिकाको आन्तरिक राजस्व ६०लाख र आन्तरिक स्रोत नगद मौदात २०लाख बराबरको बजेट प्रस्तुत भएको छ ।

संघीय सरकारबाट ४९ करोड, २५ लाख, प्रदेशको ३ करोड ६६ लाख ७३ हजार र पालिकाको ८० लाख रकम बराबरको स्रोत रहेको पालिका अध्यक्ष वृजहाङ आङदेम्बेले जनाएको छ ।

पालिकामा रहेको आठओटा वडाहरुका जनप्रतिनिधिहरुले ३ करोड २ लाख टोलबस्तीका योजना शिर्षकमा विनियोजन गरेकाछन् । अन्य रकमहरु कार्यपालिकाले आबस्यकताको आधारमा वियिोजन गरेको पालिका उपाध्यक्ष ठाकुरसि नेम्बाङले बताए ।

अधिवेसनमा पालिकाको ६ नम्बर अध्यक्ष नारायण प्रसाद आङदेम्बेले वडाको माग सम्बोधन पुर्ण नभए पनि आधारभूत माग सम्बोधन भएको खुशी ब्यक्त गरे ।

सभामा पालकाको २ नम्बर वडा सदस्य सागर नेम्बाङले रकम शिर्षक तालमेल नमिलेर विनियोजन भएको टिपर्णि गरे ।
पालिकाले पुर्वाधार र कृषिमा बढि रकम लगानी गरेकाछन् ।

प्रकाशित : १२ असार २०८२, बिहिबार, ,