काठमाडौँ । विनियोजन विधेयक २०८२ का विभिन्न मन्त्रालगत छलफलका क्रममा विपक्षीको भूमिकालाई नै ओझेलमा पार्नेगरी सत्तापक्षीय सांसदहरूले आक्रोस ब्यत्त गरेकाछन् । योजना छनोट र विनियोजनमा मन्त्रीहरूले मनोमानी गरेको भन्दै सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश सांसदहरू संसद्मा आक्रोशित बनेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बहिस्कारबीच असार ५ देखि अघि बढेको बजेट छलफलमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, विपक्षमै रहेको एकीकृत समाजवादी लगायतले स्वाभाविक रुपमा बजेटको विरोध गरे। कतिपय सांसदले संसद्मै बजेट पुस्तिका रातो किताबनै च्याते।
२०८२ । ०८३ को बजेटमा कुुन संसदले के के भने ः
एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले प्रतिनिधिसभा बैठकमा बजेटको रातो किताब च्यातीदिए ।
सांसद कांग्रेसका पूर्णबहादुर तामाङ उर्फ कान्छारामले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र उप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह आगामी निर्वाचनबाट संसदमा नआऊन् प्रतिनिधिसभाको रोस्ट्रमबाटै प्रार्थना गरे ।
कांग्रेस सचेतकसमेत रहेकी सांसद शुशीला थिङले बजेटमा विभेद गरिएको पीडा नारायण गोपालको गीत ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ’ सुनाइन्।
एमाले सांसद नारायणप्रसाद आचार्यले मन्त्रालयगत योजना छनोट र बजेट विनियोजनमा मनपरी गरिएको भन्दै कार्यदल नै बनाएर करेक्सन गर्नैपर्ने मत राखे।
एमालेकै सांसद ईश्वरबहादुर रिजालले समान हिसाबले बजेट विनियोजन नगर्दा त्यसको असर स्वयं मन्त्रीहरूलाई पनि पर्ने छ।
पूर्वअर्थमन्त्री, कांग्रेस सांसद डा. प्रकाशशरण महतले पनि खुद्रे योजनामा बजेट विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाए।
कांग्रेस सांसद सुरेन्द्रराज आचार्यले पनि वडा, पालिका र प्रदेशले दिने सरहको बजेट केन्द्र सरकारबाट विनियोजन हुनु लाजमर्दो र खेदपूर्ण भएको बताए।
कांग्रेस सांसद रामहरि खतिवडाले बजेट संशोधन गर्नुपर्ने माग गरे।
एमाले सांसद वासुदेव घिमिरेले आगामी निर्वाचन जित्ने लोभमा मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना राखेको भन्दै आपत्ति जनाए।
कांग्रेस सांसद सुनील शर्माले बजेट विनियोजनमा मन्त्रीहरू निर्लज्ज प्रस्तुत गरेर उनले मन्त्रीहरू देशको हो कि सानो झुण्डभित्रको हो भन्द्रै आक्रोश जनाए।
कांग्रेस सांसद दीपक गिरीलले बजेटले जनतालाई नदेखेको टिप्पणी गरे। बजेट सत्ताधारीमैत्री मात्र भएको छ।
कांग्रेस सांसद शान्ति विकले बजेट विनियोजन गर्दा देशको भूगोल र आवश्यकताका आधारमा गर्नुपर्नेमा त्यसो हुन नसकेको टिप्पणी छ।
एमाले सांसद योगेश भटराईले विगत ४८ सालदेखि नै बजेट बनाउने प्रक्रियामा सांसदको सहभागिता नहुँदा असन्तुष्टि व्यक्त हुने र मन्त्रीहरू आलोचित हुने गरेको बताए।
कांग्रेस सांसद नागिया यादवले पनि सम्बन्धित क्षेत्रको समस्या अर्थमन्त्रीलाई नभई सम्बन्धित सांसदलाई थाहा हुने हुँदा सांसदको सहभागितामा योजना छनोट गरेर बजेट विनियोजन गर्नुपर्ने बताइन्।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पाँच जिल्लामा मात्रै योजना राखेको र बाँकी ७२ जिल्लामा नराखेको भन्दै आपत्ति मात्रै जनाएनन्, ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले आक्रोशित हुँदै सभामुख एमालेको इशारामा चलेको अरोप लगाए।
जनमत सांसद अब्दुल खाँणले रातो किताबमा देखिएको योजना र बजेटबाटै कुन जिल्लाका मन्त्री छन् भन्ने स्पष्ट देखिने गरी विभेदपूर्ण ढंगले बजेट गएको बताए।











प्रतिक्रिया