कला । मनोरञ्जन

लिम्बू चलचित्रले दूइ पटक नेपाल आदिवासी जनजाति उत्कृष्ट चलचित्र अवार्ड पायो



काठमाण्डौ ।     पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव ( २०८२ु मा याक्थुङ लिम्बू समुदायको प्रतिनिधित्व गर्दै लिम्बू चलचित्र चे उत्कृष्ट चलचित्र अवार्ड जितेको छ ।

२०८२ साल असार ६ देखि ८ गतेसम्म सञ्चालन भएको महोत्सवमा चलचित्र चे निर्देशक सागर केरुङले उत्कृष्ट चलचित्र निर्देशक अवार्डु जितेका छन । यसअघि तेस्रो महोत्सवमा पनि लिम्बु चलचित्र के ले एर्वाड प्राप्त गरेको थियो ।

तेश्रो महोत्सवमा नायक निर्माता भिम प्रसाद तुम्बाहाङको केसाङ्ला ले पब्लिक चोइस अवार्ड जितेको छ भने चौथो महोत्सवमा लिम्बु चलचित्र सुगुपले सम्पादन, ब्याग्राउण्ड म्युजिक र छायाङ्कन बिधामा अवार्ड हात पारेको छ ।

आदिवासी जनजाति चलचित्र महोत्सवको पाचौँ संस्करणसम्मका अवार्ड जित्ने समुदाय र चलचित्रहरु :-
पहिलो संस्करण – २०७४ / 2017 चलचित्र ‘लोम्बा’ :- मगर
दोस्रो संस्करण – २०७५ / 2018 चलचित्र ‘यारी’ :- राई
तेस्रो संस्करण – २०७६ / 2019 चलचित्र ‘के’ :- लिम्बू
चौथो संस्करण – २०८१ / 2024 चलचित्र ‘रोश’ :- मगर
पाँचौ संस्करण – २०८२/2025 चलचित्र ‘चे’ :- लिम्बू

प्रकाशित : ८ असार २०८२, आइतबार, ,