पाँचथर । प्रथम सुम्हात्लुङ कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन पुरुष युगलतर्फ उपाधी कबिर केसि र दिवश शंकरको जोडीले जितेका छन् । नेपाल पुलिसका कबिर केसि र इलामका दिवश शंकरको जोडीले एपिएफ क्लबका भोजबहादुर गुरुङ र बिराट ब्याटमिन्टन क्लबका नविन सिलवालका् जोडीलाई पराजित गर्दै उपाधी जितेका हुन ।
पाँचथर ब्याटमिन्टन संघद्वारा फिदिममा आयोजित प्रतियोगितामा पुरुष युगलको विजेताले ५१ हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
महिला युगल तर्फ त्रिभुवन आर्मिका अमीता गिरि र रसिला मर्हजनको जोडीले उपाधि जिते । विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यू–१५ ब्वाइज एकलमा त्रिभुवन आर्मीका सुदेश राजकोटीले झापाका सुदिप राईलाई पराजित गर्दै विजेता बने । उपाधि जितेका सुदेशले १५ हजार र उपबिजेता बनेका सुदिपले १० हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
यू–१५ गर्ल्सतर्फ त्रिभुवन आर्मीकी समृद्धि श्रेष्ठले उपाधि जितिन् । श्रेष्ठले झापाकी रितु तामाङलाई हराउदै उपाधि जितेकी हुन् । यू–१५ बिजेता र उपबिजेता ब्वाइज र गर्ल्सले १५ हजार र १० हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
भेट्रान ४० वर्ष माथि जोडीको पाँचथरका एलबि साँवा र ज्ञानेन्द्र तामाङको जोडीले पाँचथरकै रामराज आङदेम्बे र इन्द्र महतकोे पराजित गर्दै पहिलो भए । बिजेता खेलाडीहरुले नगद ३० हजार, उपबिजेताले १५ हजार र तेस्रोले ७ हजार ५ हजारका साथ मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
मिश्रित युगल तर्फ त्रिभुवन आर्मिका बिद्यान अधिकारी र रशिला मर्हजनको जोडीले एपिएफका भोजबहादुर गुरुङ र शोभा गोचनको जोडीलाई हराउदै विजेता बिद्यान र रशिलाले ३० हजार र उपबिजेताले १५ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
पाँचथर जिल्लाको ‘बि’ समुहमा रहेका पुरुस युगल तर्फको उपाधि द्धिग्ज खतिवडा र सुवास राईको जोडीले भविन्द्र मगर र संयोग राईको जोडीलाई हराउदै विजेताले २० हजार र उपबिजेताले १० हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
५ गते देखि फिदिममा चलेको प्रतियोगितामा नेपाल ब्याटमिन्टन संघको शिर्ष वरियताका खेलाडीहरु सहित २ सय ५० भन्दा बढि खेलाडीहरुले प्रतियोगिताका भाग लिएका आयोजकले जनाएकाछन् ।











प्रतिक्रिया