पाँचथर । निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन जना मजदुरको मृत्यु भएकाछन्। मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो।
दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको बेला सोही अस्पतालका मृत भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहर िनायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेकोमा उनीहरु सहित अन्य ६ जना घाइते भएका थियो । फिदिम नगरपालिका(४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका ७ मा जग टेकाएको बेलिब्रिज खसेर ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये २ को अवस्था गम्भीर छ भने २ जना सामान्य छन्। उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पुर्याइएको छ । घटनामा बाराको सिमरा उपमहानगरपालिका(१२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते छन् ।
मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो । सो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले पुनः बगाए पछि दोस्रो पटक पुनः बेलिब्रिज संघीय सरकारले सडक डिभिजन इलाम मार्फत दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीले काम गरेको हो ।













प्रतिक्रिया