समाचार

विकासवादी नेता पुर्वमन्त्री स्व.पद्मसुन्दर लावतीको १०र्औं स्मृति दिवसमा सामाजिक कार्य



पाँचथर ।     विकासवादी नेता पुर्व मन्त्री स्व। पद्मसुन्दर लावतीको १०र्औं स्मृति दिवस संगलवार पाँचथर फिदिममा मनाएको छ । पद्मसुन्दर लाओती प्रतिष्ठानको आयोजनामा गढि यकमा रहेको प्रतिष्ठानको कार्यालयमा अन्य प्रतिष्ठान संचालक ब्यत्ती तथा पत्रकारहरु र लाओती प्रतिष्ठान संचालकहरु भेला भएर उहाँको तस्वीरमा माल्यपण गरेकाछन् ।

सोहि अवसरमा बाढि पहिरो पिडित पाँचथरको फालेलुङ गाउँपाालिकाको सामुदायिक बिद्यालयमा अध्ययन गरी यसै शैक्षिकशत्रमा एसइइ लेखेका गरिव जेहेन्दार र उच्चअंक ल्याउने खसआर्य, जनजाति, महिला र दलित चार जना बिद्यार्थीलाई दस हजार प्रतिब्यत्तीका दरले शैक्षिक छात्रवृद्धि उपलब्ध गराउने घोषणा गरेको छ ।

स्व. पद्मसुन्दर लावतीको १०र्औ स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल पाँचथरमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको प्रतिष्ठानका सल्लाहाकार होमकुमार लावती जानकारी दिनुभयो ।

स्व. पद्मसुन्दर लावतीको १०औं स्मृति दिवसको अवसरमा फिदिममा रहेको लाओतीको शालिक र यासकमा रहेको शालिकामा दिपप्रजलन तथा माल्यपण गरेकाछन् ।

१९९६ सालमा श्रावण ७ गते पाँचथर जिल्लाको यासक भदौरे जन्मुन भएका पद्मसुन्दर लावती २०७१ असार २७ गते देहसान हुनु भएका थिए । २०२१ सालमा यासक गाँउपञ्चायतबाट सकृय राजनैतिक सुरु गर्नु भएको लावती २०३४ सालमा स्वास्थ्य मन्त्री भएर क्रमस गृह, सामान्य प्रशासन, उद्योग, संचार, भुमि सुधार र कृषि मन्त्री भएर राजनीतिक तथा सामाजिक मर्यादित पदिय जिम्मेवारी निर्भाह गर्नुभयो ।

पदमा रहने क्रममा देस तथा समाजमा पु¥याउनु भएको उच्च योगदान अविस्मरणीय कार्यप्रति सम्झन सकिने गरी पुर्वमन्त्री तथा विकासवादी नेताको रुपमा स्थापित हुनु भएको भन्दै उहाँको सम्मानमा प्रतिष्ठान स्थापना गरी सामाजिक कार्य गर्न अक्षय कोष स्थापना गरेको प्रतिष्ठान सचिव लोकेन्द्र आलेमगरले बताए ।

२०२१ सालबाट जनप्रतिनिधिको रुपमा चुनिनु भएको लावतीले पटक पटक संसद र २०५२ सालसम्म मन्त्री समेत बन्नु भएको थियो । पाँचथर जिल्लामा २०३२ सालदेखि मेचीराजमार्ग चारआलीदेखि ताप्लेजुङसम्म जनश्रमदान जुटाएर सडक बनाउने अभियान चलाएको लावती पाँचथर जिल्लामा २०३५ साल विद्युत पावर निर्माण र विद्युत विस्तार गर्नुभयो ।

पाँचथर अस्पताल र पाँचथर क्याम्पस स्थापना र जग्गा प्राप्ती महत्वपुण योगदान रहेको छ । त्यसैगरी खाद्य संस्थान कार्यालय, जिल्लाको सदरमुकाम केन्द्र फिदिम स्थापना गर्ने भुमिका रहेको थियो । २०२५ साल राँके, रवि, भेरेटार सडक ट्याक ओपन, तमोर कोरीडोर सडक संभाव्यता २०२२ र सोहि समय फिदिम बजारमा सरकारी कार्यालयहरु स्थापना थाल्र्नु भएको थियो ।

लावतीले गाँउघरमा स्वास्थ्य चौकि, प्रहरी चौकि र बैङ्कहरु स्थापना, सिचाइ कुलो र खानेपानी निर्माण, विद्यालय स्थापना तथा भवन निर्माणमा अतुलनीय योगदान गरेकै कारण विकासवादी नेताको रुपमा चिर परिचित हुनुभएको सामाजिक अभियान्ताको भनाइ छ ।

प्रकाशित : २७ जेष्ठ २०८२, मंगलबार, ,