पाँचथर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ईश्वर कार्की जिल्लाका सुरक्षा मजबुत बनाउन सरोकारवालाहरुसं भेटघाटमा जुटिरहेकाछन् । स्थानीय जनप्रतिनिधिहरु र राजनैतिक दलका नेताहरु पनि सुरक्षा कार्यक्रमहरु संचालन अभियान गर्दैआएकाछन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथर र गाउँघरमा रहेको प्रहरीचौकिहरुले पनि सुरक्षा मजबुत बनाउने अभियान चलाइरहे पनि सुरक्षीत हुन नसकेको र लागु पदार्थ तथा दुब्र्यसनि प्रयोग गर्ने बिगबिगि भएको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्तगर्न थालेकाछन् । सुरक्षा संयन्त्र मजबुत भएको महसुस गरे पनि कानुनले बन्देज लगाएका गतिविधिमा भने कुनै कमि हुन नसकेको जिल्लाबासीले गुनासो गर्दैआएकाछन् ।
कोशी प्रदेश प्रहरी प्रमुख कार्कीसंग फिदिममा भेटघाटको क्रममा सुरक्षा प्रति जिज्ञासा राखेका थिए । भेटघाटमा राजनैतिक दलका नेता, पत्रकार र ब्यवसायीले गतिबिधि बढेको जानकारी गराउदै जिल्लाको सुरक्षा कहिकतै चुकिरहेको अड्कलबाजी गरेकाछन् ।
प्रदेश प्रहरी प्रमुख कार्कीले भने सुरक्षा संयन्त्र पछिल्लो समय यन्त्रउपकरणसंग गाँसिन पुगेको जवाफ दिएका थिए । सामाजिक संजाल प्रयोगकर्ता र विकास पुर्वाधारले सहज बनाएर सुरक्षा प्रति चुनौति थपिने गतिबिधि बढ्दो अवस्थामा रहेको डिआएजी कार्कीको भनाइ छ । गाउँबस्तीका नागरिक जति सचेत र सहयोगी हुनसक्छन् । दुब्यसीन र अपराधिक क्रियाकलापहरु न्युनिकरण गर्न सकिने प्रदेश प्रहरी प्रमुख कार्कीको दावि छ ।
प्रदेशको पुर्वी पहाड जिल्लाको सुरक्षा सुधार अभियानलाई थप मजबुत बनाउन फिदिम पुग्नु भएको प्रमुख कार्कीले जिल्लाका सरोकारवालहरुसंग सुरक्षसंबाद गरेका थिए ।













प्रतिक्रिया