राजनिति

लक्ष्मण लावती जसपा पाँचथरमा पुनःअध्यक्ष पदमा निर्वाचित



पाँचथर ।   जनता समाजवादी पार्टी नेपाल जिल्ला समितिको अध्यक्षमा पुन ः लक्ष्मण लावती निर्वाचित भएका छन् । जसपा पाँचथरको सोमबार फिदिममा जिल्ला अधिवेशनले लावतीलाई तेस्रोकार्यकालको अध्यक्ष पदमा निर्वाचित भएको हो ।

नवनिवाएचित समितिको वरिष्ठ उपाध्यक्षमा कमलराज नेम्बाङ, उपाध्यक्ष सुवास तुम्बापो (काङसोरे( र सचिवमा कमल हाङसरुम्बा निर्विरोध निर्वाचित भएका हुन । यसैगरी, उपसचिवमा कृष्ण बेघा र दिनेश इङवा तथा कोषाध्यक्षमा अनिला चेम्जोङ निर्वाचित भएका छन् ।

जिल्ला समितिमा ३८ जना सदस्यहरु सहित ४५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा निर्वाचित भएको अध्यक्ष लावतीले बताए ।

अधिवेशनको उद्घाटन सत्रलाई जसपाका केन्द्रीय सहअध्यक्ष जनक चेम्जोङ, नेताहरु राजेन्द्रकुमार जवेगु, मचिन्द्रप्रसाद बेघा लगायतका नेताहरुले शुभकामना अधिवेसनमा मन्तव्य राखेका थिए ।

प्रकाशित : १४ जेष्ठ २०८२, बुधबार, ,