पाँचथर । पाँचथर बुद्धिचाल संघको ५औं जिल्ला अधिवेशनबाट धनकुमार लावती अध्यक्षमा निर्वाचित भएको छ । सनिवार फिदिममा भएको अधिवेसनमा निर्विरोध निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा जयप्रकाश नेम्बाङ, सचिवमा नन्दकुमार कुरुम्बाङ, कोषाध्यक्षमा गगन लावती र महिला सदस्यमा सेसेना चेम्जोङ निर्वाचित भएका हुन ।
बुद्धिचाल संघ केन्द्रीय प्रतिनिधिमा बिजयबोध लावती र प्रदेस प्रतिनिधीमा जयबिक्रम चेम्जोङ निर्वाचीत भएको निर्वाचन समिति संयोजन तथा खेलकुद विकास समिति पाँचथर अध्यक्ष सन्तोस मोक्तानले जानकारी दिनुभयो । सल्लाहाकार सदस्यमा गजेन्द्र माबो, महेन्द्र सम्बाहाम्फे, खड्क थापा, टंक राई र धनप्रसाद खनाल मनोनीत गरेकाछन् ।
संघको ५ औं जिल्ला अधिवेशन जिल्लाका रेटेड खेलाडीको विवरण सार्वजनिक गरेकाछन् । हालसम्ममा रिसोन थापा पहिलो रेटिङ अंक रहेको छ उनको रेटीङ अंक १९७३ छ । त्यसपछि बिजयबोध लावतीको १८४३ रेटीङ अंक सहित दोस्रो र खगेन्द्र कुमार आङदेम्बेको १८४१ रेटीङ अंक सहित तेस्रो उच्च अंक रहेको संघले सार्वजनिक गरेको छ ।

सन २०१२ मा रेटिङ खेलाडी भएका हुन । महेन्द्र सम्बाहाम्फे, प्रशानदास चेम्जोङ, बिमल ढुङ्गाना र लोकनाथ तिम्सीना जिल्लाको पहिलो रेटेड खेलाडी हुन भने त्यसपछि सन २०१४ मा खगेन्द्र आङदेम्ब, २०१५मा गजेन्द्र माबो रेटेड खेलाडी थिए । २०८१ पुषमा आयोजना गरेको राष्ट्रिय रेटीङ खेलमा १९ जना एकैपटक रेटेड खेलाडी भएका थिए । जिल्लामा हालसम्ममा ३४ जना रेटेड खेलाडी रहेको छन् । चेसको नेसनल आरविटर ६जना रहेकाछन् भने विद्यालय प्रशिक्षक पनि छजना रहेको संघका सचिव नन्द कुरुम्बाङले बताए ।

पाँचथरमा बुद्धिचाल खेल २०२८ सालमा फिदिम माविले संयोजन गरी पहिलो पटक चेस खेलेका निर्वतमान न्यायधिस कोषकुमार नेम्बाङ र फिदिम निबासी खड्क थापा मगर रहेकाछन् ।
पाँचथर जिल्लाको प्रतिनिधित्व गर्दै २०४४ सालमा तेह्रथुम जिल्लामा आयोजना भएको खुल्ला बद्धिचाल प्रतियोगितामा देउमान कन्दङ्वा प्रथम पुरस्कार प्राप्त गर्ने खेलाडी हुन भने २०५० सालमा उद्धव श्रेष्ठको नेतृत्वमा जिल्ला बुद्धिचाल संघ तदर्थ समिति गठन भएको संघका निवर्तमान अध्यक्ष बिजयबोध लावतीले बताए ।
काठमाण्डौमा २०४८ सालमा पहिलो पटक नेपाल वुद्धिचाल महासंघ औपचारीक रुपमा दर्ता पश्चात पाँचथर जिल्लामा २०६७ सालमा गजेन्द्र माबोको अध्यक्षतामा पहिलो अर्थात सस्थापक कार्यसमितिको रुपमा संघ संचालन हुदैआएको हो ।
संघको चार पालिकाहरुमा समिति गठन गरेर बर्षेनि आधा दर्जन बढि बुद्धिचाल खेल प्रतियोगिता हुदैआएको संघने जनाएको छ ।











प्रतिक्रिया