पाँचथर । गणतन्त्र नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुने कार्यक्रम तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जनाएकाछन् । पाँचथर फिदिममा आगामि बैशाख २५ गते हुने जनसभाको तयारी पुरा भएको नेकपा माओवादी केन्द्र पाँचथरले जनाएको छ ।
देसमा बढ्दो बेथिति अन्त्य गर्न र ब्यवस्था माथि भएको प्रहारको प्रतिकार गर्न पुर्वप्रधानमन्त्री प्रचण्डको सहभागिमा जनसभा आयोजना गर्न लागेको हो । फिदिम स्थीत माविको खेलमैदानमा दसहजार भन्दाबढि मानिस भेला गर्ने तयारी पुरा भएको प्रचार प्रसार संयोजक दिनेसकुमार लावती बताए ।
वर्तमान अवस्थामा मुलुक भ्रटाचार, विकृति विसङगतिले ग्रष्त छ । देश भ्रट विचौलियाहरुको अखडा बनेको छ मुलुक अस्तव्यस्त अवस्थामा जनतामा व्यापक निराशा छाएको छ । हजारौं जनताको वलिदानबाट प्राप्त सङघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था माथि प्रतिगामी तत्वहरुले प्रहार गर्ने दुस्साहस गरिरहेका छन । यहि परिवेशमा जिम्मेवार प्रमुख प्रतिपक्षी दल हुनुको नाताले भ्रष्टाचार बिकृति र वर्तमान व्यवस्था विरोधी प्रतिगामी हर्कतहरुको विरुद्ध र सुशासन तथा सङघिय गणतन्त्रको पक्षमा कार्यक्रम गर्न लागेको भनाइ छ ।
वरडाडा अदालत छेउ, सनीवारे बजार र क्याम्पस मोड आहालगैरीबाट एकैसाथ बिरोध ¥याली सहितको सास्कृतिक झाकिहरु हुने पार्टी जिल्ला संयोजक विसाल रसाइलीले बताए ।
पुर्वप्रधानमन्त्री दाहाल पाँचथर जिल्लामा यसअघि चार पटक पुगीसकेकाछन् । २५ गते पाँचौ पटक जिल्लाबासीसंग भेटघाट हुने र जिल्लाबासीलाई सम्बोधन गर्ने आयोजकले जनाएको छ । यसअघि जनयुद्धको समय २०६० सालमा नागिनमा सम्बोधन गर्नु भएको थियो । २०६५ सालमा फिदिम बजारमा, २०७३ सालमा माथिल्लो हेवाखोला जलबिद्युत उद्घाटन र २०७६ सालमा पाँचथर बहुमुखि क्याम्पसमा कार्यक्रम प्रशिक्षण कार्यक्रममा पुग्नु भएको जिल्ला सहसंयोजक दिेनसकुमार लावतीले बताए ।
पत्रकार सम्मेलनमा प्रदेस पुर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेस सभासदस्य इन्द्रबहादुर आङबोले मध्यावधि चुनामवमा जानुको बिकल्प नरहेको बताउनु भयो । संबैधानीक र राजनैतिक संकट भएर देसमा निकास दिने वातावरण बन्न नसकेको जिकीर गर्नु भयो । देसमा राजनैतिक गठबन्धनका अनेकौ बिकल्ल्पहरु पनि सकिएर नया भन्ने बाकी केहि नरहेर अव मध्यावधि उत्तम रहेको दावि गर्नुभयो । प्रदेस पुर्वमन्त्री आङबोले ठुलो दलका रुपमा रहेको नेपाली काग्रेसले सरकार नेतृत्व गर्न बाकी रहे पनि अपेक्षा नहुदा अव मध्यावधिमा धकेलिए देसले निकासको प्रचुर संभावना छ भन्नुभयो ।
प्रेस सम्मेलनमा जिल्लाका क्रियासील पत्रकारहरुको सहभागि रहेका थिए । नेकपा (माओवादी केन्द्र ) प्रेदेस अध्यक्ष हर्कबहादुर नेम्बाङ, केन्द्रीय सदस्य सीता थेबे र जिल्ला संयोजक विसाल राईलीको उपस्थित रहेका थिए ।













प्रतिक्रिया