सुनसरी । लिम्बू पत्रकार संघले धरानमा ३ बुँदे बिजयपूर घोषणापत्र जारि गरेको छ । शनिवार सुनसरी धरानमा मुक्कुमलुङ आन्दोलनप्रति ऐक्यबद्धतासहित बिजयपुर घोषणापत्र जारि गरिएको हो ।
नवनिर्वाचित समितिले घोषणा पत्रमा ‘मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि सञ्चारमाध्यम, सञ्चार गृह र राज्यको ऐन, कानूनहरु हुनपर्ने माग गरेकाछन् । आदिवासी जनजाति, अल्पसंख्यक र सिमान्तकृत समुदाय, वर्ग र भूगोलमैत्री बनाउन माग गर्दै ‘ताप्लेजुङमा अवस्थित मुन्धुमी स्थल मुक्कुम्लुङमा केबुलकार परियोजनाले आदिवासी याक्थुङ (लिम्बू) समुदायको आदिम मूल्यमान्यता, रैथाने दर्शन् नष्ट गर्न लागेको प्रति खबदारी गरेकाछन् ।
मुक्कुम्लुङमा केबुलकार परियोजनाले स्थानीयको परम्परा, प्रथाविपरीत रहेको ठहर गर्दै सञ्चारमाध्यमहरुबाट प्रतिरोध गर्ने लिम्बू पत्रकार संघ अध्यक्ष शन्देस सुब्बाले जनाएको छ ।











प्रतिक्रिया