खेलकुद

पाँचथर जिल्ला स्तरीय बिद्यार्थी बुद्धिचाल प्रतियोगिता



पाँचथर ।    जिल्ला स्तरीय बिद्यार्थी बुद्धिचाल खेल प्रतियोगिता सुरु भएको छ । पाँचथर फिदिम बजारमा सुक्रबारबाट कक्षा ८देखि १० कक्षासम्म अध्ययन गर्ने बिद्यार्थी सहभागि रहेका छन् । जिल्लाका बिभिन्न बिद्यालयहरुमा अध्ययन गरिरहेका २७ जना बिद्यार्थी प्रतियोगितामा सहभागि भएकाछन् । शैक्षिक अध्ययनसंगै बिद्यालयबाटै खेल प्रतिभा सुरु गरेर खेल विकास गर्ने उदेस्यले प्रतियोगिता संचालन गरेको पाँचथर बुद्धिचाल संघका अध्यक्ष बिजयबोध लावती बताए ।
प्रथम बिजेताले नगद पाँचहजार सहित प्रमाण पत्र पाउनेछन् । त्यसैगरी दोस्रोदेखि पाँचौसम्मका बिजेताख बुद्धिचाल खेलाडीहरुले चार हजार, तिन हजार, दुइ हजार र एक हजार नगद रकम पाउने संघका सचिव नन्द कुरुम्बाङले जनाएको छ ।
पाँचथर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोस मोक्तान र बुद्धिचाल संघ पुर्व जिल्ला अध्यक्ष गजेन्द्र माबोले चेस गोटि सारेर खेल सुरु गरेको थिए । सात राउण्डको खेल सनिवार  सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रकाशित : १९ बैशाख २०८२, शुक्रबार, ,