पाँचथर । २०८१ सालको असोज ९ गतेबाट १२ गतेसम्म निरन्तर बर्षा हुदा पाँचथर जिल्लाको खोलाहरुमा रहेको पक्की पुलहरु बगाएर अहिल पनि आवतजावत कठिनाइसंगै जोखिम हुने गरेको छ । अबिरल बर्षाले हेवा खोलामा पर्ने दुइओटा पक्की पुल र दुइ बेलिब्रिज पुल बगाएको थियो । फेमे खोलामा पर्ने एक पक्की पुल बगाएको थियो । त्यसैगरी फलामे खोला र ओयाम खोलाले एकएक पक्की पुल बगाएर यतिबेला नागरिकले आवतजावत कठिनाइ भोगिरहनु परेको छ ।
बगाएका त्यही खोलामा पुल अझै बन्न सकेको छैन । हेवाखोलामा पर्ने मेचि राजमार्गमा बेलिब्रिज पुल बनाउन सुर भएको छ । मेचीराजमार्ग मुख्य सडक पर्ने भएर संघीय सरकारको लगानीबाट निर्माण पुल सुरु भएको हो । त्यसैगरी फेमेखोलमा पर्ने दुमा फेवदेन जोड्ने स्थानमा पनि बेलीब्रिज पुल बनाउन एक करोड साठि लाख रकम बिनियोजन भएको फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले बताउनु भयो ।
बर्षा सुर हुने समय भएपनि पुल नहुदा स्थानीयबासी चिन्तीत हुन थालेकाछन् । योजना बिनियोजन भएर नागरिकले पुल बन्ला भन्ने आसा गरेकाछन् तर समयमै पुल नबन्ला भने चिन्तीत हुन परेको गुनासो छ । निर्माण हुन लागेका बाहेक अन्य स्थानहरुमा भने पुल बन्ने सुरसार नहुदा याङ्वरबासी र फालेलुङबासी भने निरास भएकाछन् ।













प्रतिक्रिया