पाँचथर । बिद्यालयमा अध्ययन गरेका पुर्व बिद्यार्थीले हीरक बर्ष मनाउने क्रममा आफैले रकम संकलन गरेर एक करोडबढि कोष रकम जम्मा भएको छ । पुर्व बिद्यार्थी पनि उत्साहित भएर स्थापनाको ६० बर्ष पुरा गरेको अवसरमा बिद्यार्थी र बिद्यालय हितका लागि ६९ओटा बिधामा पुरस्कार कोष रकम बनाएर एककरोड चारलाख रकम संकलन गरेका हुन ।
पाँचथरको कुम्मायक गाउँपालिका यासकमा २०२२ सालमा स्थापना भएको पृथ्वी माबिले हीरक बर्षमा उनीहरुले अक्षय कोष रकम जम्मा गरेको १ नम्बर वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष देबेन्द्र कुमार लावतीले बताए ।
हीरक बर्षको अवसर त्यस बिद्यालयमा अध्ययन गरेका पुर्वबिद्यार्थीहरुले रकम दिएपछि भने अध्ययनरत बिद्यार्थी, शिक्षक र अविभावकहरु उत्साहित भएकाछन् । एकसय ६०जना भन्दाबढि पुर्वअध्ययन गर्ने बिद्यार्थीबाट अक्षयकोष रकम सहयोग गरेका हुन ।
त्यस विद्यालयका पुर्व बिद्यार्थीहरु यतिबेला उच्च ओहदामा पुगेर देसलाई सेवा गरेको भन्दै एकसयबढि पुर्व बिद्यार्थीहरुलाई हीरक बर्षको अवसरमा सम्मान गरेको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सम्मान पत्र वितरण गर्नु भएको थियो ।
सोही अवसरमा प्रदेश प्रमुख खापुङले बिद्यार्थीले अध्ययन पुरा गरी ज्ञान आर्जन गरेका त्यहि बिद्यालयको उन्नती र प्रगतिमा अक्षयकोष रकम जम्मा गरेर त्यहाँका बालबालीकाको उज्जवल भबिस्य बनाउन मदन पुग्ने विस्वास ब्यत्त गर्नुभयो । अक्षय कोषले त्यस बिद्यालयमा अन्य स्थानबाट पनि पाठनपाठन गर्ने बिद्यार्थिहरुको संख्या बढ्ने अपेक्षा गरेकाछन् भने अन्य बिद्यार्थीहरु अध्ययन गरे अक्षय कोष स्थापना पस्चात उनीहरलाई राहत पुग्ने सरोकारवालाहरुले विस्वास लिन थालेकाछन् ।
कुम्मायक गाउँपालिकाले यसअघि बिद्यालयको भौतिक पुर्वाधार र शिक्षक राखेर पालिकाको शैक्षिक सुधार गर्दैआएको छ । अझ शैक्षिक सुधारका लागि दसलाख पुरस्कार तथा अक्षय कोष रकम उपलब्ध गराएको पालिका अध्यक्ष बम प्रसाद लावतीले बताउनु भयो ।











प्रतिक्रिया