पाँचथर । अखिल नेपाल खेलकुद महासंघ जिल्ला समिति पाँचथरको दोस्रो जिल्ला सम्मेलनबाट पुनः कबिरमान तुम्बापो अध्यक्षमा निर्वाचित भएको छ । विहिबार फिदिममा भएको अधिवेसनमा तुम्बापोको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
खेलकुद महासंघ पाँचथरको उपाध्यक्षमा गम्भीरमान नेम्बाङ, योगेश थापा, र सन्तोस लावती निर्वाचित भएकाछन् । सचिवमा सागर नेम्बाङ, सहसचिवमा राजु राई र कोषाध्यक्षमा जनम लोवा निर्वाचित भएको अध्यक्ष कबिरमान तुम्बापोले बताउनु भयो ।
कार्यक्रमका प्रमुखअथिती पुर्व प्रदेस सभासदस्य सीता थेबेले खेलाडीको भावना समेट्न नसक्दा खेलाडीको उपस्थित कम्जोर भएको बताउनु भयो । सोहि कार्यक्रममा पुर्व प्रदेस सभासदस्य तथा राखेप बोर्ड सदस्य कुसुम श्रेष्ठले संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाले खेलाडीहरुका लागि पुर्वाधार निर्माण सुरु भयो तर पछिल्लो समय खेलाडीका लागी पुर्णरुपमा सम्बोधन हुन नसकेको प्रति भने चिन्ता ब्यत्त गर्नुभयो ।
कार्यक्रममा एन्फा प्रबक्ता एवं पाँचथरका अग्रज खेलाडी सुरेश साहले राजनैतिकबाट खेलाडीको हकहितमा एकताबद्ध हुनसके मात्र अन्तराष्टिय क्षेत्रमा नेपाली खेलाडीको बलियो उपस्थित हुनसक्ने बताए । खेलकुद महासंघको दोस्रो अधिवेसन सर्वसहमतिमा निर्वाचित भएको जनाएकाछन् ।











प्रतिक्रिया