खेलकुद

प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगिता एकसय पचास बढि खेलाडी सहभागि



पाँचथर ।     पाँचथर जिल्लामा संचालन भएको प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मने सिङ्गलमा संखसभाका सुनिलजङग कार्की प्रथम, भोजपुरका विसाल तामाङ दोस्रो र ताप्लेजुङको मिलन गुरुङ तेस्रो भएकाछन् । ओमेन सिङगलमा उदयपुरकी रोजि राई प्रथम, इलामकी निसाम लिम्बु दितृय र पाँचथरकी छाया केरुङ तृतिय भएकी छन् ।
त्यस्रगरी  मेन्स डबलमा निसा खत्री र विसाल तामाङ प्रथम भएकाछन् । महेश खड्का र लाक्पा शेर्पा दोस्रो भएकाछन् भने सुनिल कार्की र प्रबिण लिङ्थेपको जोडी तेस्रो भएकाछन् । मिक्स जोडिमा भने प्रिन्सेससिं ठकुरी र अमृता गीरी प्रथम भएकाछन् । सुनिल कार्की र नविना राई दोस्रो र बिसाल तामाङ र मनिसा तामाङ तेस्रो भएको आयोजक जिल्ला खेलकुद विकास समिति पाँचथर अध्यक्ष सन्तोस मोक्तानको भनाइ छ ।
  सोहि अवसरमा प्रतियोगिता भएको खेलमा जनप्रतिनिधी कर्मचारी समुह तर्फ भने रामराज आङदेम्बे र रामकुमार राईको जोडि प्रथम भएकाछन् । युगमणि सबेहाङ र सोजित श्रेष्ठ दोस्रो र विपिन लम्साल र सुदिप योञ्जनको टिम तेस्रो बिजेता भएकाहुन । त्यसैगरी ४५ उमेरदेखि ५५उमेरसम्म समुह जोडीमा भने संजय काफ्ले र अनिल थाम्सुहाङ प्रथम भएकाछन् । दिपक आङदेम्बे र उत्तम सिंखडा दोस्रो तथा याम लिम्बु र राजन थापा तेस्रो भएका छन् ।
५५ बर्षभन्दा माथि समुह जोडीमा भने गणेस चन्द र पुर्णचन्द्र जोशि प्रथम भएका छन् । रामराज आङदेम्बे र उत्तम सिंखडा दितृय र बुद्ध चौधारी र विष्णुलाल श्रेष्ठ तृतिय हुन सफल भएको पाँचथर ब्याडमिन्टन संघ सदस्य निराजन श्रेष्ठले जनाएको छ । ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रकम पाएकाछन् । ४५ वर्ष माथि र ५५ वर्ष माथिका खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँ  नगद सहित टफिमेडल पुरस्कार पाएका छन् । कोशी प्रदेशका खेलकुद विकास बोर्ड उपाध्यक्ष बिद्या कार्कीले टफि मेडल र नगद पुरस्कार वितरण गर्नु भयो । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मेन सिङगल २० टिम, ओमेन सिङगल १५ टिम र मेन डबल १६ टिम र मिक्स डबलमा १० टिम खेलाडी खेल प्रतियोगितामा भाग लिएका थिए ।
त्यसैगरी जनप्रतिनिधी र कर्मचारीमा २० टिमको सहभागि रहेका थिए । ४५ देखि ५५उमेर समुह जोडीमा १२ टिम र ५५ बर्षभन्दा माथि समुह जोडीमा १४ टिम खेलाडीले भाग लिएको खेलकुद विकास समिति  सदस्य सचिव दुशियान्त बस्नेतले जनाएको छ । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा पाँचथर जिल्ला खेलकुद विकास समितिको आयोजना र पाँचथर ब्याडमिन्टन संघको प्राबिधिक सहयोगमा सम्पन्न भएको ब्याडमिन्टन संघको सचिव मंगल बेघाले बताए ।
 स्तरीय ब्याडमिन्टन प्रतियोगिता पाँचथर जिल्लाको फिदिम स्थीत जिल्ला समन्वय समिती कभर्डहलमा संचालन भएको थियो । प्रदेस सरकारको सहयोगमा प्रदेस स्तरीय ब्याडमिन्टन खेल प्रतियोगिता  पाँचथरमा यो दोस्रो खेल आयोजना भएको हो । प्रदेशका १२ वटा जिल्लाका एकसय पचास बढि खेलाडी प्रतियोगितामा सहभागि भएका थिए । बैशाख ८ गतेबाट संचालन भएको खेल १०गते बुधबार सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति पाँचथर अध्यक्ष मोक्तानले जनाएको छ ।

प्रकाशित : १० बैशाख २०८२, बुधबार, ,