ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङमा गाउँपालिका तापेथोकमा कञ्चनजङ्घा पार्क सेन्टर’ निर्माण गर्न लागिएको छ । पर्यटन प्रवर्द्धनलाई लक्षित गरी फक्ताङलुङ ५ को तापेथोक बगरमा रैथानेपनको आकर्षण कञ्चनजङ्घा पार्क सेन्टर’ निर्माण हुन लागेको हो । उक्त पार्कको शुक्रबार शिलान्यास गरिएको थियो। पार्क निर्माण स्थलमा हिमालयन ट्रस्ट युकेका अध्यक्ष ग्राम रिग्ली र डब्लु डब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा।घनश्याम गुरुङले शिलान्यास गर्नु भएको थियो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार कञ्चनजङ्घा पार्क सेन्टरमा आधुनिक सुविधा सम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण सङ्कलन हुनेछन् ।
अध्यक्ष फेम्बोका अनुसार यस संरचनाले संरक्षण क्षेत्रको व्यवस्थापन र थप प्रभावकारी बनाउदै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउन सहज हुनेछन् ।
निर्माणका लागि आवश्यक आर्थिक स्रोत विभिन्न सरकारी तथा गैरसरकारी निकायहर अपेक्षा गरेकाछन् । पार्क निर्माणमा करिब ५ करोड लाग्ने अध्यक्ष फेम्बोले बताउनु भयो ।











प्रतिक्रिया