राजनिति

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभाागि जनसभा फिदिममा हुने



पाँचथर।    नेकपा (माओवादी केन्द्र) पार्टी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख २५ गते पाँचथर फिदिम बजार हुने जनसभालाई सम्बोधन गर्न आउने भएको छ ।

नेकपा (माओवादी केन्द्र) पार्टी जिल्ला समन्वय समितिको आयोजना आगामि वैशाख २५ गते फिदिम माविको खेलमैदानमा जनसभा हुनेछ । पार्टीको ११औं जिल्ला समन्वय समिति पूर्ण बैठकमार्फत अध्यक्ष प्रचण्डले जनसभालाई सम्बोधन गर्ने निर्णण भएको पार्टी जिल्ला संयोजक विसाल रसाइलिले बताउनु भयो । जिल्लाका आठ ओटै पालिकामा हालै सम्पन्न पालिका अधिवेशनबाट निर्वाचित भएका पालिका कमिटीलाई सफल कार्यकालको शुभकामना सहितको सम्मान गरिएको थियो।

पार्टी केन्द्रिय उपमहासचिव तथा प्रदेस इन्चार्ज हरीबोल गजुरेलले पार्टी अध्यक्ष प्रचण्डको सम्बोधन हुने जनसभा तयारीस्वरूप पाँचथरमा रहेका माओवादी केन्द्र पार्टीका सबै पालिकादेखि वडा तहसम्म ब्यापक प्रचार–प्रसार गरी न्युनतम ६ हजारभन्दा बढी पार्टी कार्यक्रता सहभागि गराउने बताउनु भयो ।

पार्टी केन्द्रीय उपमहासचिव गजुरेल, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो ‘मौसम’ पार्टी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ र पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीता थेवे ‘प्रमिला’ले पार्टी अध्यक्ष प्रचण्ड सहभागि हुने जनसभा ब्यापक र भब्य बनाउन सबै तहका कार्यत्रmर्ता जुट्न निर्देशन दिएकाछन् ।

पार्टीले उठाउदै आएको सुशासन, भष्टचार अन्त्य र संघीय लोकतान्त्रिकि गणतन्त्र रक्षाका लागि देस दौडाहमा निस्कनु भएको अध्यक्ष प्रचण्ड पुन पाँचथरका तेस्रो पटकको सम्बोधन हुने पार्टी प्रदेस अध्यक्ष नेम्बाङले जनाएको छ ।

पार्टीका पाँचथर इन्चार्ज थेबेका अनुसार अध्यक्ष प्रचण्डको सम्बोधन सभामा जिल्लाका तिनसयबढि व्यक्तिहरू नेकपा (माओवादी केन्द्र) पार्टीमा प्रवेश गर्ने बताए ।

प्रकाशित : ६ बैशाख २०८२, शनिबार, ,