समाचार

प्रदेशमा हरेक बर्ष चारयस झोलुङ्गे पुल बन्दै



पाँचथर ।     खेती गर्न, बिद्यालय जान, आफन्तका वा गाउँबस्ती बाहिर जानुपर्दा खोलाखोल्सी तर्नैपर्ने बाध्य हुनुपर्छ । भौगोलिक बिकट स्थानहरुमा सडकको रेखा नकोरिएका बस्ती पुग्न झोलुङ्गे पुल बनेर दुर्गमबासीे विकासको पहिलो सेवा लिएर दुर्गमबासी उत्साहित हुनेगरेकाछन् । दुर्गम भेगहरुमा आवतजवत गर्ने झोलुङगे पुलहरु बनेर उनीह्रुको जिवनयापन सहज भएको छ । खोलाखोल्सीहरुमा पुल नहुदाको जोखिम क्रमस अन्त्य भएर नागरिकको दिनचर्या पनि सहज बनाएको लुम्फाबु निबासी तिलमान सम्बाहाम्फेले बताउने भयो ।

पछिल्लो समय झोलुङगे पुलहरु बढि संख्यामा बन्न थालेका छन् । प्रदेशको भौतिक पुर्वाधार मन्तालय झोलुङगे पुल विज्ञ लाल झाका अनुसार कोशी प्रदेशमा यसबर्ष चारसय पचासबढि संख्यामा झोलुङगे पुल बन्दैछन् । प्रदेशमा झोलुङगे पुलहरुको माग पनि पन्द्र सयबढि सख्या रहेको पुल विज्ञ झाले बताउनु भयो ।

यसैबर्ष पाँचथर जिल्लामा सत्रओटा झोलुङ्गे पुलहरु बन्दैछन् । पुर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंले बिगत बर्षहरुमा पाँचथर करिव तिनसय बढि संख्यामा पुलहरु बनेको बताए ।

झोलुङगे पुलहरु बन्नेक्रमले जिल्लाका दुर्गम भेगमा सरकारको सेवासुबिधा पुगेको महसुस गरेकाछन् ।

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार, ,