पाँचथर । स्वास्थ्य सेवा सहज बनाउन बनेका आधारभुत स्वास्थ्य चौकि हालैको पहिरोले भत्काएर सेवा प्रभावकारी हुन नसकेर पाँचथर जिल्ला फिदिम ३ नम्बर वडाबासी निरास भएका थिए । स्वास्थ्य भवन अव कहिले बन्ला र पुरानै लयमा स्वास्थ्य सेवा आउला भनेर पिरोलिरहेका स्थानीयका लागी अस्थाइ ट्रेन बनाएर सेवा सुचारु भएपछि सेवाग्राहिले राहतको महसुस गर्न थालेका छन् ।
बल्ल बनेको सामान्य भवन पनि पहिरोले क्षती भएर पुरीएको स्वास्थ्यचौकि भवन क्षतबिक्षत अवस्थामा छ । फिदिम नगर प्रमुख मित्र प्रसाद काफ्लेका अनुसार ब्यत्तीको घरमा सेवा संचालन हुदै आए पनि प्रभावकारी हुन नसकिरहेको अवस्थामा करिव असिलाख रकम लगानीमा पाँचओटा ट्रेन सहितको उपकरण र औषधिहरु उपलब्ध गराएर स्वास्थ्य सेवा सहज बनाएको बताउनु भयो ।
स्वास्थ्य चौकि पुर्णरुपमा क्षती भएपछि स्वास्थ्यकर्मी पनि चिन्ती भएका थिए । सेवा प्रभाह हुन नसकेको बेला ट्रेन मार्फत सेवा दिन पाउदा भने उनीहरु पनि उत्साहित भएकाछन् । दैनिक दूइदर्जन बढि संख्यामा सेवा लिन आउने नागरिकले यतिबेला आधारभुत सेवा पाएर खुशी भएका वडा अध्यक्ष नरेन्द्र गुरुङको भनाइ छ ।
डब्लुएचओको आर्थिक सहयोगमा ट्रेन निर्माण गरेर सेवा प्रभाह हुन थालेको हो ।











प्रतिक्रिया