पर्यटन

चोत्लुङ पार्कमा साहित्य महोत्सव

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुने टाइम म्यागेजिनले सन् २०२५ को पर्यटकीय गन्तव्य १०० को सूचीभित्र ४२ औँ स्थानमा चोत्लुङ पार्कलाई राख्यो



 तेह्रथुम ।      तेह्रथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कमा ‘चोत्लुङ साहित्यिक महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा दुई दर्जन भन्दा बढी चर्चित कवि तथा साहित्यकारहरूको सहभागिता रहेको थियो ।
लालीगुराँस नगरपालिकाको आयोजनामा देशका विभिन्न भागबाट सर्जकहरू सहभागि भएर आ.आफ्ना सिर्जनाहरू वाचन गरेर श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थियो ।

महोत्सवमा कवि एवम् गीतकार श्रवण मुकारुङ प्रमुख अतिथि रहनुभएको थियो । लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ, हाङयुग अज्ञात, प्रकाश थाम्सुहाङ, देवान किराती, स्वप्निल स्मृति, अभागी थेगुवा, दिलीप घिमिरे, डा अस्मिता विष्ट, सुन्दर कुरुप, अमित थेवे र नवराज पराजुली लगायतका कविहरूले आफ्ना रोचक एव दमदार रचनाहरू सुनाउनुभयो।

त्यसैगरी, मनोज तेयुङ, राजकुमार सुब्बा ‘अनिश्चित’, दीपक सापकोटा, सञ्जय तुम्बाहाङ्फे, राजकुमार तेयुङ ‘तरेबा’, अरुण बराल, देवेन्द्र खापुङ, सन्देश सुब्बा, गिरीराज बाँस्कोटा, लीला अनमोल, अर्जुन पण्डित, उमेश कार्की, सभ्यता घिमिरे, विक्रम पौडेल र रौशन गड्तौलाले पनि आफ्नो कविता वाचन गर्नुभएको थियो ।

सर्जक भेलामा मेयर माबुहाङले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो। उहाँले ०७५ मा स्थापित चोत्लुङ पार्कलाई थप प्रवर्द्धन गर्न यो वृहत् साहित्यिक महोत्सव निक्कै प्रभावकारी भएको जानकारी दिनुभयो । याक्थुङ मुन्धुम र इतिहासका खोजकर्ता एवम् लेखक समेत रहनुभएको मेयर माबुहाङले चोत्लुङ पार्क आदिवासी याक्थुङ समुदायको रैथाने पहिचान, संस्कृति र सभ्यता झल्काउने पार्कमा आदिवासी र स्थानीय समुदायको पहिचानलाई थप झझल्को दिने गरी सिजर्ना वाचन भएको खुसी ब्यक्त गरेकाछन् ।

महोत्सवमा लालीगुराँस नगरपालिकाले तीनजुरे(मिल्के(जलजले (टीएमजे) क्षेत्रमा रहेका २८ प्रजातिका गुराँसको संरक्षण थप टेवा पुगेको चर्चा छ । केही साता अघि मात्रै अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुने टाइम म्यागेजिनले सन् २०२५ को पर्यटकीय गन्तव्य १०० को सूचीभित्र ४२ औँ स्थानमा चोत्लुङ पार्कलाई राखेको छ ।

पूर्वमा सांस्कृतिक तथा धार्मिक पर्यटनको विकासको केन्द्र बनाउन र याक्थुङ लिम्बु जातिको आदिम सावा येहाङ सभ्यताको पुनर्ताजगीकरण गर्न चोत्लुङ पार्क निर्माण गरिएको लालीगुराँस  नगरपालिकाले जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०८१, सोमबार, ,