Uncategorized

पाँचथर उद्योग वाणिज्य संघमा सत्ता गठबन्धन प्यानल निर्वाचित



पाँचथर ।       पाँचथर उद्योग बाणिज्य संघको १३औं अधिवेसनबाट नरेन्द्र अधिकारी अध्यक्षमा निर्वाचित भएको छ । आइतबार फिदिममा भएको मतदानबाट सत्ता गठबन्धनको तर्फबाट अधिकारीले सत्ता  इतरका गठबन्धन अध्यक्ष रेखा लावतीलाई फाराकिलो मतान्तरले अधिकारी निर्वाचित भएको हो । जम्मा मतदाता  १३ ७२ खसेकोमा  नौसय ६३ मत मध्ये अधिकारीले ७०४ मत ल्याएका थिए भने लावतीले १९४ मत ल्याएकी हुन ।

पाँचथर उद्योग वाणिज्य संघमा सत्ता गठबन्धन प्यानल निर्वाचित भएकाछन् । उपाध्यक्ष दिपेस गुप्ता, शिव अधिकारी, सुर्यकुमार मगर र उमेस अधिकारी बिजयी भएका छन् । सचिव पदमा विकास थापा र कोषाध्यक्षमा गणेस काफ्ले निर्वाचित भएका हुन । महासचिव चन्द्र प्रकास काफ्ले र महिला सदस्य चन्द्रकला ओझा थापा निर्बिरोध निर्वाचित भएका हुन ।

सत्ता गठबन्धन भिम बहादुर कार्की, निर्मल श्रेष्ठ, याम ढुङगाना, केशव पौडेल, योगराज सेडाइ, बबिन मोक्तान तामाङ, तिलरुपा पोखरेल, देउकुमार योङहाङ, लिलानाथ खरेल, मदन कालिकोटे र नारायण प्रसाद दाहाल सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएका छन् ।

सत्ता इथरका गठबन्धन उपाध्यक्षमा केसव खनाल, सचिबमा पुष्प रिजाल र कोषाध्यक्षमा सागर ओझाले उमेद्धारी दिएका थिए । त्यसैगरी सदस्यमा योगेश थापा र नारायण प्रसाद कोइरालाको उमेद्धारी रहेका थिए ।

प्रकाशित : २५ चैत्र २०८१, सोमबार, ,