पर्यटन

सेहाे?नाम्लाङ साँस्कृतिक पर्यटन महाेत्सव सुरु



पाँचथर ।      याक्थुङ मुन्धुममा वर्णन भएको स्थल सेहोनाम्लाङ प्रचार प्रसार र प्रबर्द्धन गर्ने आइतबारदेखि ‘सेहोनाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८१‘ सुरु भएको छ । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका र मिक्लाजुङ गाउँपालिका सङ्गम स्थलमा रहेको सेहोनाम्लाङ महोत्सव गतबर्षबाट लाग्न थालेको हो ।

प्रदेश साभा सदस्य पूर्वआर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा माओवादी संसदिय दलका नेता इन्द्र बहादुर आङ्वो ‘मौसम’ ले महोत्सव उद्घाटन गर्नु भयो ।

उद्घाटनको दिन वडास्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । त्यसैगरी महोत्सवमा केस्लाङ (च्याब्रुङ नाच) प्रतियोगिता, या लाङ (धान नाच) प्रतियोगिता र अन्य नृत्य प्रतियोगिता सुरु भएको आयोजक समितिका निश्चल चेम्जोङले जनाएको छ ।

सेहोनाम्लाङ साँस्कृतिक तथा पर्यटन संस्थाले आयोजना गरेको महोत्सवमा फाल्गुनन्द गापा उपाध्यक्ष ठाकुरसिं नेम्वाङ, मिक्लाजुङ गाउँपाका उपाध्यक्ष सन्तोष शेर्मा, फाल्गुनन्द गाउँपालिका ५ वडा अध्यक्ष विष्णु कुमार चेम्जोङ र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तब्य राखेका आयोजक सेहोनाम्लाङ सांस्कृतिक पर्यटन संस्था (फाकुमि)का अध्यक्ष डीएम आङ्देम्बेले जनाए ।

सोहि अवसरमा खाउमा मुन्धुम  र युम्सा चोक्मा नामक कृति विमोचन गरेका थिए ।

प्रकाशित : २४ चैत्र २०८१, आइतबार, ,