अमेरिकी । अवैध रूपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले निष्काशन गर्ने क्रम जारी छ । पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित गरेका स्रोतले जनाएको छ ।
गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्काशन गरेको हो। उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ । उनीहरु अवैध रुपमा तल्लोबाटो मेक्सिको हुँदै अमेरिका पुगेका थिए । पक्राउ परेकामध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिका पुगेका उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा शपथ लिएपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएसगै ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि निरन्तर धरपकड गर्दै आएको छ।











प्रतिक्रिया