समाचार

कहिले स्वच्छ खानेपानी अभाव टर्ला



पाँचथर ।    सुख्खा क्षेत्र घोषण गरेर सघीय सरकारबाट ५२ करोड लगानीमा पाँचथरको कुम्मायक गाउपालिकामा निर्माण गरेको वृहत लिफ्ट पप्पीङ खानेपानी नियमित वितरण हुन सकेको छैन । सधेको लागि पानी अभाव टर्ला भनेर आशा गरेका कुम्मायकबासीले पानीको समस्या अहिले पनि खेपिरहुन परेको छ । मुहानै नभएके कारण तमोर नदिबाट लिफ्ट आयोजनामा पानी धरआगनमा पुर्‍याउने लक्ष्य लिइर निर्माण गरको मुख्य इनारमा पानी सुकेर पुन पानीको अभाव खेप्नु परेको उपभोक्ताको दुखेसो छ ।

तिन हजारबढि घरमा स्वच्छ खानेपानी वितरण हुन थालेको थियो त्यहि पानी नियमित नहुदा पानिको अभाव छ । भमोर लिफ्ट आयोजना संचालन भएर प्रत्येक बर्ष बसाइ सरी जाने क्रम घट्दो अवस्थामा थियो तथ नियमित पानी संचालन नहुदा पानीको अभाव कुम्मायकबासीको खेप्नु पर्ने दिनको अन्त्य हुन सकेन । तमोर नदिको सतह गहिरीएपछि पानी लिप्ट नभएर एककरोड पचतर लाख लगानीमा पुनःअर्को इनार निर्माण सुरु गर्नु परेको पालिका उपाध्यक्ष महेन्द्र खड्काले बताउनु भयो ।

पिउने पानीकै अभावमा प्राल्टिक पोखरी र बर्षायाममा परेको पानी छानाबाट संकलन गरी पानि जोह गर्दैआएको कुम्मायकबासीका लागि तमोरबाट ल्याएको पानीले राहत पुगेको छ तर नियमित पानी वितरण नहुदा भने पानीको हाहाकार खेपिरहने परेको छ । बैकल्पीक खानेपानीको लागि गाँउपालिकाले पाँचओट डिपबोरीङ र दुइवटा ट्याङ्करको समेत ब्याबस्थापन गरी खानेपानी अभाव हुन नदिन गाँउपालिकाले प्रयास गरेपनि अभाव दोहोरीने गरेको पालिकाबासीको गुनासो पनि अन्त्यु हुन सकेन ।

प्रकाशित : २४ चैत्र २०८१, आइतबार, ,