खेलकुद

पर्यटकिय क्षेत्रमा खेल महोत्सव



पाँचथर ।     उच्च पहाडी भेग अर्थात  पर्यटकिय क्षेत्रमा सम्पन्न फालेलुङ पर्यटन महोत्सव २०८१ अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मेमेङ स्पोर्टिङ क्लबले जितेको छ ।

पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा सम्पन्न दोस्रो फालेलुङ पर्यटन महोत्सव २०८१ को अवसरा आयोजित पुरुष फुटबल प्रतियोगिताको उपबिजेटा हेभेन्ली युथ क्लब भएको छ ।

तीनसिमाना जनसेवा समाज मेमेङको आयोजनामा भएको फालेलुङ–३ र ४ को संगमस्थल सिर्लिङ्गी टारमा चैत १८ गतेदेखि सुरू भएर २३ गते शनिवार सम्पन्न भएको प्रतियोगितामा ४–२ अन्तरले मेमेङ स्पोर्टिङ क्लब बिजयी भएको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हेभेन्ली युथ क्लबले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । आठ टिमको सहभागिता रहेको खेल संयोजक श्याम थाम्सुहाङले जानकारी दिनुभयो ।

महोत्सवको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको खेलमा चार टिम सहभागिता भएका थिए। फालेलुङ–३ र ४, फालेलुङ गाउँपालिकाका कर्मचारी टिम तथा दीप ज्योति युवा क्लब बीचको प्रतिस्पर्धामा फालेलुङ–३ को टिम विजयीले भएर २० हजार रुपैयाँ जितेका छन्।

सोही समय १० किलोमिटर महिला मिनि म्याराथन प्रतियोगितामा मिक्लाजुङ–२, पाँचथरकी पुष्पा शेर्मा प्रथम भइन । उनले १ घन्टा ९ मिनेटमा दूरी पार गर्दै पहिलो स्थान हासिल गरिन्। फालेलुङ–६ की सरला राई १ घन्टा १७ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन् भने फालेलुङ–४ की रेनुका राईले १ घन्टा १८ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान भएका हुन विजेताहरूले क्रमशः २० हजार, १० हजार, र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त समापन कार्यक्रमा प्रमुअ अथिति पुर्वाधार यातायात तथा स्वास्थ्य मन्त्री प्रदेस मन्त्री भुपेन्द्र राईले पुरस्कार वितरण गर्नु भयो ।

प्रकाशित : २४ चैत्र २०८१, आइतबार, ,