पाँचथर। पाँचथरको फिदिम नगरपालिका–१० याङनाममा याङनाम गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको आगामि चैत २७ गतेदेखि वैशाख २ गतेसम्म संचालन हुने याङनाम गोल्डकप फुटबल प्रतियोगितामा आठ टिम सहभागि हुनेछन् ।
याङनाम फुङनाम मेला मूल आयोजक समितिले फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। उद्घाटन खेलमा चैत २७ गते युनाइटेड एफ।सी पाँचथर र तिजोक युवा क्लब खेल हुनेछ । चैत २८ गते फिदिम स्पोर्टिङ क्लब र टु स्टार सिर्जनशील क्लब र चैत २९ गते आयोजक याङनाम एफ.सी र न्यु पाथीभरा स्पोर्टिङ क्लब, काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल वैशाख २ गते आयोजना हुनेछ। प्रतियोगिता फिदिम माविको खेलमैदानमा सञ्चालन हुनेछ। विजेता टिमले उपाधिसहित २ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउने समितिका अध्यक्ष उपेन्द्र येक्तेनले बताए
प्रतियोगितामा ‘म्यान अफ द म्याच’, ‘हाई स्कोरर’, ‘बेस्ट गोलकिपर’, ‘बेस्ट डिफेन्डर’, ‘राइजिङ प्लेयर’ र ‘बेस्ट प्लेयर’ विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकको भनाइ छ ।











प्रतिक्रिया