काठमाडौं । महानगरपालिकाले तीनकुने क्षेत्रमा फोहोर, तोडफोड गरेको विषयमा पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न आठ शीर्षकमा ७ लाख ९३ हजार जरिवाना तोकेको थियो। काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले विज्ञप्ति जारी गरेर महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्।
पूर्वराजालाई चैत १५ गते काठमाडौं, तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर संयुक्त जनआन्दोलन समितिको अपनत्वमा सम्पन्न भएको कार्यक्रममा सो क्षेत्रमा वातावरण प्रदूषण भएको भनी काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको थियो ।
जरिवाना पत्र पठाएकोमा संयुक्त जनआन्दोलन समितिको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्यक्रम आयोजना गरिएको नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको अभिलेखमा समेत उल्लेख रहेको विज्ञप्तिमा भनिएको छ।











प्रतिक्रिया