सभ्यता

सर्वोच्चले पाथीभरा केबलकार यथास्थितिमा राख्न अन्तरिम आदेश



काठमाडौं ।     ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो । अदालतको आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भनिएको छ ।

बेवलकार निर्माण रोक्नका लागि अन्तरिम आदेशको माग गरिएको हुनाले विषयको प्रकृति र गम्भीरतालाई हेरी कारवाहीहरु यथास्थितिमा राख्न आदेश भनिएको हो । अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमा सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ ।

 

प्रकाशित : १८ चैत्र २०८१, सोमबार, ,