राजनिति

गणतन्त्रवादीको काठमाडौंमा विशाल र्‍याली



काठमाडौँ  ।   माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुन सक्ने आरोप लगाएका छन् । समाजवादी मोर्चाको सभामा ‘केपी ओली भित्रभित्रै राजावादीसँगै मिलेको भन्ने प्रश्न उठेको छ । उहाँलाई गणतन्त्रप्रति रिस छ । गणतन्त्र भनेपछि माओवादी देख्नुहुन्छ ।

उनले प्रधानमन्त्रीले कुलमानबारे संसद्मा चित्तबुझ्दो जवाफ दिन आग्रह गरे । ‘प्रधानमन्त्री प्रतिनिधिसभाप्रति जवाफदेही हुनुपर्ने हो । उहाँ जवाफ दिन लोकतन्त्र र संविधानप्रति जवाफदेही हुनुहुन्न,’ उनले भने, ‘सविधान मिचेर लोकतन्त्रलाई सखाप पार्ने काम नहोस् ।’

काठमाडौंमा समाजवादी मोर्चाले प्रदर्शन गरेको छ । गणतन्त्र विरोधीविरुद्ध समाजवादी मोर्चाले प्रदर्शन गरेको हो । विभिन्न ठाउँबाट र्‍यालीसहित प्रदर्शन भृकुटीमण्डपस्थित राष्ट्रिय सभा अगाडि पुगेको छ ।

माओवादी केन्द्रले कुपण्डोल, बबरमहल, त्रिपुरेश्वर, सोर्‍हखुट्टेबाट जुलुस निकालेsf थियो । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले डिल्लीबजार र मैतीदेवीबाट जुलुस निकालेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट / महिन्द्रराय यादवको नेसपाले न्युरोड गेटबाट जुलुस निकालेको थियो ।

सभामा नेकपा -माओवादी केन्द्र_ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन u/]sf] lyP ।

प्रकाशित : १५ चैत्र २०८१, शुक्रबार, ,