टोक्यो । ८९ वर्षीय पूर्वबक्सर इवाओ हाकामाडा सन् १९६६ मा पक्राउ परेर ४६ वर्ष जेलमा बिताएपछि छुटेकाछन् । हत्या अभियोगमा ४६ वर्ष जेलमा रहेका निर्दोष ठहर भउका जापानका हाकामाडालाई १४ लाख अमेरिकी डलर क्षतिपूर्ति पाएको छ ।
४ जनाको हत्या अभियोगमा जेल परेका थिए । उनी ४६ वर्षपछि अर्थात सन् २०२४ मा निर्दोष प्रमाणित भए । हाकामाडा विश्वकै सबैभन्दा लामो समयसम्म मृत्युदण्ड पर्खिरहेका कैदी पनि हुन । तर निर्दोष ठहर भएसँगै उनलाई प्रतिदिन १२ हजार ५ सय जापानी येनको दरले क्षतिपूर्ति दिइएको हो । सिजुओका जिल्ला अदालतले सोमबार दिएको फैसलामा हाकामाडालाई २ खर्ब १७ अर्ब ३६ करोड २५ लाख येन क्षतिपूर्ति दिनुपर्ने निर्णय भयो ।
गत सेप्टेम्बरमा सोही अदालतले पुनः परीक्षण गर्दै हाकामाडालाई निर्दोष ठहर गरेको थियो । अदालतले प्रहरीले प्रमाणहरू गलत तरिकाले हेरफेर गरेको बताएको अदालतका अनुसार उनलाई अभियोग स्वीकार्न दबाब दिइएको थयो । तर पछि उनले हत्या अभियोग अस्वीकार गरेका त्यहाका स्थानीय सञ्चारमाध्यमले जनाएकाछन् । क्षतिपूर्ति रकम जापानमा यस्ता घटनामा दिइएको हालम्मकै बढी हो । तर, हाकामाडाका वकिलले भने उनले भोगेको पीडाको तुलनामा क्षतिपूर्ती रकम पर्याप्त नभएको बताएका छन् ।
दशकौंसम्म मृत्युदण्डको त्रासमा जेलमा बस्नुपर्दा हाकामाडाको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको थियो । उनका वकिलले उनलाई ‘वास्तविकताबाट अलग, कल्पनाको दुनियाँमा बाँचिरहेको’ व्यक्ति भनेर वर्णन गरेका छन् । हाकामाडा जापानको युद्धपछिको इतिहासमा मृत्युदण्डको फैसला सुनाइएका पाँचौं व्यक्ति हुन् । यसअघि चारैजना निर्दोष प्रमाणित भएका थिए ।











प्रतिक्रिया