सोल । युक्रेनसँगको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले तीन हजार थप सैनिक पठाएको छ । दक्षिण कोरियाली सेनाका ती सैनिकहरू यसैवर्षको सुरूमा पठाइएको हो ।
तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्यका लागि विश्व नेताहरूले जोड दिइरहेका बेला उत्तर कोरियाले भने युक्रेनविरुद्धको युद्धमा रुसलाई सेना सहयोग गरिरहेको छ । रुसका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले उत्तर कोरियाली नेता किम जोङ उनको रुस भ्रमणको तयारी भइरहेको समेत बताएसँगै सैन्य सहयोग बारेको सूचना सार्वजनिक भएको अन्तराष्टिय संचारमाध्यमा उल्लेख छन् ।
दक्षिण कोरियाका अनुसार रुसलाई सहयोग गर्न यसअघि उत्तर कोरियाले कम्तीमा ११ हजार सैनिक पठाएको थियो । तीमध्ये करिब ४ हजार सैनिक मारिएका उत्तर कोरियाली सेनाको भनाइ छ । उत्तर कोरियाली सेना युक्रेनी आक्रमण रोक्न गत नोभेम्बरदेखि रुसी क्षेत्र कुर्स्कमा तैनाथ भएका थिए । तर ठूलो संख्यामा मारिएको रिपोर्ट सार्वजनिक भएपछि जनवरीबाट उनीहरू अग्रपंक्तिबाट पछि हटेको युक्रेनको भनाइ छ ।
युद्धका क्रममा युक्रेनी गुप्तचर सेवाले केही सैनिकलाई पक्राउ गरिएको र ुजेनेभा अभिसन्धि अनुसार सबै आवश्यक चिकित्सा सहयता प्रदान गरिएको जनाएको थियो । गुप्तचर सेवाका अनुसार ती युद्धबन्दीहरूले युक्रेनी, अंग्रेजी वा रूसी भाषा बोल्न सक्दैनन् ।
तर गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेना प्रयोग गरिएकोबारे अस्वीकार गरेका थिएनन् । प्रश्नको जवाफमा उनले त्यो रुसको ‘सार्वभौम निर्णय’ भएको बताएका थिए ।
उत्तरले रुसी सेनाका लागि २४०(एमएम रकेट लन्चर र १७०(एमएम सेल्फ(प्रोपेल्ड आर्टिलरी दिँदै अएको छ । उत्तर कोरियाले रूस(युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमता आधुनिकीकरण गर्ने लक्ष्य राखेको र त्यसले आफूहरूमाथि सैन्य खतरा बढाउन सक्ने दक्षिण कोरियाको दाबी छ ।











प्रतिक्रिया