सभ्यता

फेम्बुको संयोजकत्वमा नो केबलकार उच्चस्तरीय वार्ता समिति



ताप्लेजुङ ।     खगेन्द्र फेम्बु लिम्बूको संयोजकत्वमा नो केबलकार समूहले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ । पाँच सदस्यीय वार्ता समितिको सदस्यमा श्रीप्रसाद लिंखिम, सरस्वता ९सरु० सिंगक, धनराज लिम्बू र सन्तोष मेहता रहेकाछन् ।

केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक गर्दैआउनु भएका फेम्बु हुन भने लिंखिम मुक्कुम्लुङ संघर्ष समितिका संयोजक हुन् । सिंगक मुक्कुम्लुङ ताङसेप चुम्भो तथा धनराज र सन्तोष राजनीतिक दलबाट वार्ता समितिमा रहेका छनु । सिंगक भने यसअघिको वार्तामा समन्वय समितिको संयोजक पनि हुन ।

मुक्कुम्लुङमा आएको विवादमा गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र मुक्कुम्लुङ ताङसेप र अन्तरदलीय राजनीतिक दलहरुको वार्ता सहजीकरण टोलीबीच चैत ४ गते भएको वार्ताले उच्चस्तरीय वार्ता समिति गठन गर्ने सहमतिअनुसार फेम्बुको नेतृत्वमा वार्ता समिति गठन गरिएको मुकुमलुङ बचाउ अभियान्ता नन्द कन्दवाले जानकारी दिनुभयो । मुक्कुम्लुङमा नो केवलकारका अभियानमा १३ वटा संघसंस्था र ११ राजनीतिक दलहरु छन् ।

 

प्रकाशित : ८ चैत्र २०८१, शुक्रबार, ,