शिक्षा

स्ववियु निर्वाचनमा नेविसंघ पहिलो, अखिल कान्तिकारी सुधार



स्ववियु निर्वाचनमा नेविसंघ पहिलो, अखिल कान्तिकारी सुधार

काठमाडौं ।    त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिलेसम्मको नतिजा अनुसार प्रमुख दल निकट कांग्रेस निकट नेविसंघ पहिलो स्थानमा छ । एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा छ भने सुधा सहितको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी तेस्रो स्थानमा छ । समाचार तयार पार्दासम्म कांग्रेस निकट नेविसंघले १०९ क्याम्पसको नेतृत्व जितेको दाबी गरेको छ। एमाले निकट अनेरास्ववियुले ९१ क्याम्पसमा जितेको छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ८१ क्याम्पसमा जित हासिल गरेको छ।

नेविसंघले काठमाडौंका ४ वटा आंगिकसहित १०९ आंगिक र सामुदायिक क्याम्पसमा जितेको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जनाएको छ । राजधानीका थापाथली इन्जिनियरिङ क्याम्पस, आयुर्वेद क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ क्याम्पसमा नेविसंघले जित हासिल गरेको छ। अनेरास्ववियुले ११ वटा आंगिक क्याम्पससहित ९१ क्याम्पस जितेको प्रवक्ता प्रकाश पौडेलले बताउनु भयो । काठमाडौंका तीनवटा आंगिक क्याम्पसमा अनेस्ववियुको नेतृत्व छ।
काठमाडौंका महेन्द्र रत्न क्याम्पस ताहचल, ललित कला क्याम्पस र नेपाल कमर्स क्याम्पसमा अखिलको नेतृत्वले जितेको छ।
यस्तै, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, धनकुटा बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ, पोखरा नरसिङ क्याम्पस, महेन्द्ररत्न क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पस पनि अनेरास्ववियुले जितेको प्रवक्ता पौडेलले जानकारी दिए।

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार काठमाडौंका दुईसहित ७ वटा आंगिक क्याम्पसमा क्रान्तिकारीले जितेको छ। जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस गरी दुईवटा आंगिक क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ। यस्तै, भोजपुर बहुमुखी क्याम्पस, विराटनगर डिग्री कलेज, नर्सिङ क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, चितवन इन्जिनियरिङ क्याम्पसमा पनि अखिल क्रान्तिकारीको नेतृत्व आएको छ। पुल्चोक इन्जिनिरिङ क्याम्पसमा भने स्वतन्त्र उमेदवार स्वयम श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजय भएका छन्। केमा सम्पन्न स्ववियु निर्वाचनमा ३ वटै क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यक्ष केशरजंग शाही सहितको प्यानलले जितेको छ। नेपालगन्ज नर्सिङ क्याम्पसमा अध्यक्ष देवार्चना अधिकारी सहितको प्यानल र ज्ञानोदय बहुमुखी क्याम्पस खजुरामा अध्यक्ष सबिन महतो सहितको प्यानलले जितेको छ।

संगठनभित्रका आन्तरिक विवाद, दुई संगठनबीचको विवादका कारण केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन। उपत्यकाको त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, अस्कल क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस पद्यकन्या क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा नै निर्वाचन हुन स्थगित छ। उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, सिद्धनाथ क्याम्पस कैलाली, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा रोकिएको छ। रोकिएका क्याम्पसमा छिटो निर्वाचन गर्न विद्यार्थी संगठनहरूको माग छ।

५ चैतमा हुनुपर्ने स्ववियु चुनाव एक आमुक संगठनको आन्तरिक विवादले अवरुद्ध भएको धेरै क्याम्पसमा पनि नेविसंघकै कारण निर्वाचन अवरुद्ध भएको छ। अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले आफू नजित्ने सुनिश्चित भयका कारण ताला लगाउने र चुनाव रोक्ने कार्यको मुख्य नेतृत्व नेविसंघ र क्रान्तिकारीले गरेको आरोप लगाए। उनले विद्यार्थी आन्दोलनको विषयमा प्रश्न उठिरहेको बेला स्ववियु निर्वाचन भइरहेको बताउँदै भनेका छन्, ‘हामीहरूले संख्याका हिसाबले आआफ्नो दाबी गरे पनि टियूका ६२ वटै आंगिक क्याम्पसमा चुनाब सम्पन्न गराउन सकेका छैनौ।

प्रकाशित : ७ चैत्र २०८१, बिहिबार, ,