इतिहास

इतिहासकार भगीराज इङनामलाई दुइलाख नगद सहित सम्मान



तेहूथुम ।     तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्वर ४ इवामा जन्म भई काठमाण्डौं महानगरपालिका वडा नम्र २९अनामनगर बसोबास गर्दै आउनुभएका, इतिहासकार भगीराज इङनामलाई सम्मान गरेको छ । लिम्बू जातिको इतिहास र पहिचानसँग सम्बन्धित पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेजमा १७१९ सालबाट २०२० सालका पुरानो दस्ताबेज लेखन गरेर पुन इतिहास थप व्यवस्थित बनाउन मदत पुगेको भन्दै इङनामलाई सम्मान गरेको हो ।

२०७७ सालको मदन पुरस्कार विजेता, एक कुशल प्रशासकको भूमिका निर्भाह गरी सफल हुनु भएका इङनामले समग्र लिम्बूवानको इतिहास, भाषा एवं संस्कृती संरक्षण तथा प्रर्वद्धनमा योगदान गरे भन्दै आठराई गाउँ कार्यपालिकाले नगद दुई लाख सहित सम्मान प्रदान गरेको छ । पूर्व सहरी विवश मन्त्री एवं संघीय संसद सीता गुरुङले सम्मान पत्र वितरण गर्नु भयो । आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पामीले इतिहासकार ईङ्नामलाई उहाँकै निवासमा नगद चेक दिएर सम्मान गरेको आठरार्इ गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०८१, शनिबार, ,