पाँचथर । मच्छिन्द्र फुटवल क्लव काठमाडौंलाई एक गोलले हराउँदै नमोबुद्ध युथ क्लब सप्तरीले पाँचौँ पाँचथर गोल्डकपको उपाधि जितेको छ । सनीवार फिदिममा भएको फाइनल खेलमा नमोबुद्ध युथ क्लबका एलेक्सले खेलको ७२औं मिनेटमा लगाएको गोलले उपाधि जित्न सफल भएको हो । काठमाण्डौँको चर्च ब्वाइज क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा प्रवेश गरेको नमोबुद्ध युथ क्लबले उपाधि जितेको छ ।
पाचौँ पाँचथर गोल्डकप प्रतियोगिताको विजेताले नगद एघारलाख एकहजार एकसय एघाररुपैंयाँ र उपविजेताले नगद पाँचलाख पचपन्नहजार पाँचसय पचपन्न रुपैंयाँ प्राप्त गर्ने छ ।
प्रतियोगिताको वेष्ट प्लेयर नमो बुद्ध एफसीका दिपेश चाम्लिङ बने। चाम्लिङले नगद ३० हजार रुपैंयाँ प्राप्त गरे। वेष्ट गोलकिपर नमो बुद्धका जयनाथ शेख, वेष्ट मिडफिल्डर विवेक राई र वेष्ट कोच धन कुमार तामाङ र वेष्ट डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ बने । राइजिङ प्लेयर आयोजक पाँचथर क्लवका निरोज लिङदेन बने भने प्रतियोगिता अवधीभर समान ३–३ गोल गरेका नमो बुद्धका एलेक्स विलियम र चर्च व्वाइज क्लबका राज भूषाल हाई स्कोरर बनेका आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले जानकारी दिएको छ ।
विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फूटवल संघ (एन्फा)का उपाध्यक्ष दीपक खतिवडा र फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्ले लगायतले पुरस्कार वितरण गरे।
पाँचथर गोल्डकप यसअघिको पहिलो र दोस्रो संस्करण बिर्तामोड युनाइटेड क्लव झापा, तेस्रो संस्करण डाँगिहाट फूटवल क्लब मोरङ र चौंथो संस्करण विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको थियो।











प्रतिक्रिया