बिशेष

मुकुमलुङ अभियान्ता २ जना थुनामुक्त, ६ जना वारेन्टमुक्त र सृजना बेघा थुनामै



धरान ।     प्राकृतिक एवं सांस्कृतिक धरोहर भन्दै मुकुमलूङ संरक्षण अभियानमा लागेको सुमन चेम्जोङ र विष्णु थाङदेन २४ दिनपछि थुनामुक्त भएका छन् । मुकमलुङ अभियानमा सहयोग भन्दै रकम सङ्कलन गरीरहेका अर्का सृजना बेघालाई भने अन्य मुद्धा परेपछि अनूसन्धानको क्रममै धरान इलाका प्रहरी कार्यालयमा राखिएकी छिन् ।
मुकुमलुङको विषयलाई लिएर ब्यत्तिmमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले वारेन्ट गरेका जेन्टल लावती, अम्मर इजम, डम्बर लाभु परुण राई, इवाहाङ राई, र रमेश राई पनि आजबाट प्रहरी वारेन्टमुक्तm भएको जेन्टल लावतीले जनाएको छ ।

प्रकाशित : २९ फाल्गुन २०८१, बिहिबार, ,