फिदिम । नमोबुद्ध युथ क्लब सप्तरी पेनाल्टी सुटआउटमा हराउँदै पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पाँचथर फिदिममा भएको सेमिफाइनल खेलमा नमोबुद्धले काठमाडौँको चर्च ब्वाइज क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलको यात्रा लय गरेको हो ।
निर्धारित समयको खेल २–२ गोलको कडा प्रतिष्प्रधामा बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । नमोबुद्धका जेनीस प्रजापतिले ‘३३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
जवाफि आक्रमण खेल भएपनि चर्च ब्वाइजले पहिलो हाफको इन्जुरी समयमा मात्र बुद्धिमान राईले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । ६१औँ मिनेटमा जेनिस प्रजापतिले दोस्रो गोल गर्दै नमोबुद्धको पुन अग्रता बनाएको हो । तर, ८५औँ मिनेटमा चर्च व्वइजका राज भुसालले हेडमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याउनुभएको थियो । निर्धारित समय बराबरीमा टुङगिएपछि पेनाल्टीमा धकेलिएको थियो । नमोबुद्धका विवेक गूरूङ, आयुष रानामगर, अनिल मगर र विवेक राईले गोल गरेको थिए । चर्च ब्वइजको तर्फबाट फ्र्याङ्किङ क्विटेटाला र सागर तिरूवाले मात्र गोल गर्न सफल भएका थिए ।
चैत्र २ गते हुने फाइनलमा पुगेको मच्छिन्द्र फूटवल क्लव काठमाण्डौं र नमोबुद्ध युथ क्लब सप्तरी बिच हुने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले जानकारी दिएको छ । पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको विजेताले नगद एघारलाख एकहजार एकसय एघाररुपैयाँ र उपविजेताले नगद पाँचलाख पचपन्नहजार पाँचसय पचपन्न रुपैयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लबले जनाएको छ।











प्रतिक्रिया